images

२०८३ आश्विन १७ गते

images
images
images

संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)

संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौंः संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० र भन्सार विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ।

    images
    images

    यसैगरी विनियोजन विधेयक २०८२, आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक २०८२ प्रस्तुत गर्नु हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

    images
    images

    आजको बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन समेत पेस हुने कार्यसूची छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend