images

२०८३ आश्विन १९ गते

images
images
images

पर्दा उघारिए पछि......।

पर्दा उघारिए पछि......।

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । ताजा, स्वच्छ अनि शितल बतासले छोएको आभास भयो । निन्द्रा बाट व्युझिएँ । नयाँ विहानीको जन्म भईसकेको रहेछ । सामुन्नेका झ्यालका खापाहरु खुल्लै रहेछन् । म ओछ्यान बाट उठे , झ्यालमा गएर उभिएँ । हिजो राति बाट शुरु भएको झरीले आज सम्म पनि विश्राम लिएको छैन । चिसो हावा सँगै हुत्तिएर झ्यालबाट भित्र प्रवेश गरिरहेका बाछिटाले मलाई रोमाञ्चक बनाई रहेकोछ । पल्लो घरको वगैंचामा नजर पुग्यो । ईन्द्रेणी रङ्गको पहिरनमा लामवद्ध भएर उभिएका पुष्प वुक्षहरु मन्द समिर सँगै रुझ्दै नृत्य गरीरहेकाछन् । म त्यसैमा रमाउँदैछु । यहिनै हो स्वर्ग झै लाग्न थाल्यो । यतिनै वेला मेरो मोवाईल फोनमा म्यासेज टोन वज्यो । सिरानी छेउको मोवाईल टिपेर हेंरे । फ्रेण्ड रिक्वेस्ट आएको रहेछ ।

    images
    images

    पठाउनेको नाम अपरिचित थियो । प्रोफाईल पिक्चरमा गणेश भगवानको मुर्ति थियो । पठाउनेको अकाउण्ट खोलेर हेरें । उनको बारेमा केहि लेखिएको थिएन । अपलोड गरिएका फोटोहरु हेरें । कताकता परिचित हो कि जस्तो लाग्यो । सबै फोटोहरुलाई नियालेर हेंरे । बल्ल सम्झना आयो । मैले हतार हतार मेच्युल फ्रेण्ड लिस्ट हेरें । त्यसपछि बल्ल प्रमाणित भयो । नाम अपरिचित भएपनि । मान्छे परिचितनै हो ।उनले आफ्नो नाम परिवर्तन गरेकी रहिछिन । उनि स्कुले जीवनको सहपाठि थिईन । उनि अर्थातमिना । हो , मिना हो उनको नाम । उनले फेसवुकमा अपलोड गरेका सबै फोटोहरु लाई एक एक गरी नियालें । उस्तै रुप , उस्तै रङ्ग , मृग नयनी , गहुँ गोरी , गुलावी अधर , बारुली कम्मर , कालो लामो केश । सबै उस्तै । केहि वदलीएको छैन । केहि नवदलीए पनि थपिएको छ । निधारमा रातो टिका , हातमा चुरा , गलामा पोते , सिउँदोमा सिन्दुरले सुनमा सुगन्ध भैm । मेरो उमेरले मलाई पैतालिस वर्षमा ल्याएर उभ्याई दिएकोछ ।

    वल्ल यो उमेरमा आएर फेसबुकले भेट गरायो । उमेरको कुरा गर्ने हो भने मेरो र उनको उमेर झण्डै उस्तै उस्तै हो। यस्तै तिनचार महिनाको फरक मात्र छ । हामि अल्लारे उमेरका मित्र ।हाम्रो यो मित्रता धेरै पछि घनिष्ठतामा रुपान्तरीत भएको थियो ।  सम्झना छ । सातौ कक्षमा बाट हामि आमने सामने भएका थियौ । सातौ कक्षामा रहुन्जेल देखा देखमै सिमित रह्यो । सातौ कक्षा सकेर आठौंमा पुगेपछि वल्ल उनि मलाई देखेर मुस्काउन थालिन । मिनाको मुस्कानमा एक किसीमको जादु थियो । त्यो मुस्कानमा आर्कषण थियो । मिनाको त्यहि मुस्कानको लागि म मौका पाए सम्म मिनाको सामुन्ने उभिन पुग्थें । हाम्रो बोलिचाली भने अझै शुरु भईसकेको थिएन । यस्तै नवौ कक्षाको कुरा हो । एकदिन विद्यालय पुग्दा कक्षा शुरु नभई सकेकोले सबै साथिहरु बाहिर गेटमै उभिएर कुराकानि गर्दैथिए । म त्याहाँ पुगें र सबै सँग पालैपालो हात मिलाएँ । अन्त के थियो कुन्नी ? हाम्रो विद्यालयमा त्यतिवेला एक अर्कासँग भरखर भरखर हात मिलाउने चलन शुरु भएको थियो जस्तो लाग्छ मलाई । म सबै सँग हात मिलाउँदै गर्दा मिना ढोका नजिकै आई पुगेकी रहिछिन ।

    images
    images

    हात मिलाउने क्रममा मैले उनितिर पनि हात वढाउन पुगेछु । मिना अडिएर आश्चर्य मान्दै मलाई हेर्न थालिन । मेरो त होशनै उडेझै भयो । म मूर्ति झै उभिएर हेरी रहें । उनि मुसुक्क मुस्काईन , हात मिलाईन र सरासर कक्षा कोठातिर पसिन । त्यसपछि बल्ल हाम्रो बोलिचालीको क्रम शुरु भयो । हात मिलाउने कार्यले पनि त्यहि दिनदेखी निरन्तरता लिएको थियो । समय वित्दै गयो । केहि समय पछि साथीभाईको देखासिखी बाट एउटा मोटो कपि किनें। त्यसलाई श्रृगांर पटार गरेर अटो बनाएँ । त्यो समयमा सम्झनाको लागि अटो बनाएर भर्न लगाउने चलन चलेको थियो । मैले पनि त्यहि चलन चल्ति लाई निरन्तरता दिएँ । अटो तयार गरेर सबै भन्दा पहिले मैले मिनाको हाथमा थमाएँ । मिनाले भोलि पल्टै अटो भरेर फिर्ता गरिन । मैले हतार हतार अरुले नदेखोस भनेर व्यागमा लुकाएँ। घर पुगेर एक्लै बसेर हेर्ने सोंचले छुट्टीको घण्टिको प्रतिक्षा गर्न थालें । घडिको सुईको रफ्तार निक्कै सुस्त भएझै लागिरहेको थियो । मनमा तिव्र व्यग्रता थियो । मिनाले अटोमा के के लेखिन होला ?उनिले अटोमा आफ्नो फोटो टाँसिन कि टाँसिनन् होला ? बल्लछुट्टीको घण्टि वज्यो । सरासरी घर पुगें । कपडा समेत नफेरी अटो झिकेर हेरें ।

    मिठामिठा कविताहरु अति शुन्दर ढङ्गले कोरीएका थिए । मिनाले आफ्ना शुन्दर शुन्दर दुईवटा फोटो टाँसेकी थिईन । उनिले अटोमा लेखेका हरेक शब्दहरु लाई वडो मग्न भएर अध्ययन गरेको थिएँ । ति सबै शुन्दर थिए । मिठा थिए । 
    हाम्रो विद्यालय भित्र चियाखाजाको लागि क्यान्टिनको व्यवस्था थिएन । सबै बाहिरै जाने गर्दथे । टिफिन समयमा हामि सँगै हुनथाल्यौ । साथीसंगीको लागि हाम्रो मित्रता चर्चाको विषय हुनथाल्यो । समय वित्दै गयो । अल्लारे उमेरको चोखो अनि स्वच्छ हाम्रो मित्रता नोटवुक सेयर गर्ने , हाँसखेल गर्नेमै सिमित रह्यो । एकदिनको कुरा हो , टिफिनको घण्टि वज्यो । मिना आफ्ना साथिहरु सँग गफ गर्दै कक्षा बाट निस्कदै थिईन । म पनि आफ्ना साथिहरु सँग कुराकानि गर्दै खाजा खाने गरेको होटेल अगाडि पुगेर मिना लाई कुर्न थालें । लगभग दश मिनेट जति कुर्दा पनि उनि देखा परिनन् । विहान पनि ढिलानै कक्षामा आएकी थिईन ।

    उनि कुनै टेन्सनमा भएको जस्तो देखिन्थीन । बल्ल आईपुगिन । उनि निक्कै रिसाएको जस्तो देखीदैथिईन । मिना मेरो नजिकै आएर मेरो हाथ च्याप्प समाईन । मलाई तानेर अलि पर लगिन र औंला ठड्याएर “आएन्दा यस्तो काम नदोहरीयोस ।” भनेर सरासर विद्यालय तिरै लागिन । म भने मूर्तिझै उभिएर सोंची रहें । मिनाले त्यस्तो कुरा किन भनिन् ? आखिर मैले के गरें ? मैले उनि सँग जवाफ माग्न खोंजे । तर उनि मसँग बोल्नु त के , मलाई हेर्दा सम्म पनि नहेरी गईन । मलाई भने न भोक थियो , न निद्रा । थियो त मात्र मिनाको त्यो आवाज । मिनाले भनेका ति शब्दहरु । रात वित्यो । भोलिपल्ट त मिना सँग त्यो विषयमा कुरा गर्छु भन्ने लागेको थियो । तर त्यसो हुन सकेन । उनि म सँग बोल्दै नबोलि कक्षा कोठामा पसिन । त्यसपछि अचानक एकदुई दिन मिना विद्यालय आईनन् । एकदुई दिन सम्म पनि उनि विद्यालय नआएपछि मलाई पनि आउने ईच्छा भएन । परिक्षाको तयारीको वाहानामा म घरमै बसें । यसरी हाम्रो मित्रतामा पूर्ण विराम लाग्यो । त्यो दिन देखी आजसम्म पनि कारण थाहा पाउन सकेको छैन । थाहा पाउने चाहना पनि रहेन ।

    रिक्वेस्ट एसेप्ट गरेको लगभग डेढ दुई घण्टा जतिपछि पूनः मेसेज टोन वज्यो । उनकै म्यासेज आएको रहेछ । म्यासेज खोलेर हेंरे । मिनाले भेट्ने ईच्छा व्यक्त गरेकी रहिछिन । मैले धेरै वेर सोचें पछि वल्ल हुन्छ भनें । उनिले म्यासेन्जरमा नै भेट्ने समय र स्थान लेखेर पठाईन । समय वेलुका पाँच वजे । स्थान लाजिम्पाट दक्षीण ढोका नजिकको एक कफी हाउस । म तोकिएको समयमै त्याहाँ पुगें । उनि आईपुगेकी रहिनछीन । कफी हाउसको ढोका बाहिर उभिएर मिना लाई कुर्न थालें । केहि वेरमै एउटा रातो रङ्गको कारमा उनि देखा परिन । कार कफी हाउसको पार्किङमा पुगेर अडियो । उनि गाडिबाट ओर्लिन । ह्याण्ड व्याग झिकेर काँधमा भिरीन । अनि गाडिको ढोका लकगर्दै अगाडि वढ्न थालिन । फेसवुकको फोटोमा उनि जस्ती देखीएकी थिईन त्यो भन्दा अलग देखिएकी छिन आज उनि । कालो जिन्स पाएन्ट ,पहेंलो रङ्गको टप्स अनि आँखामा कालो चश्मा । उनि मुस्काउँदै मेरो नजिकै आएर हात वढाईन । जसरी स्कुले जीवनमा मसँग हात मिलाउन वढाउने गर्थिन । मैले पनि पहिलो पटक विद्यालयको ढोकामा हात मिलाएको सम्झना गर्दै हात मिलाएँ । हामि कफी हाउस भित्र प्रवेश ग¥यौ । मिनाले कुनाको टेवल रोजिन । मैले उनकै रोजाईमा सहमति जनाएँ । हामि कुनाको टेवलमा आमने सामने भयौ । वेटर आयो अर्डर लियो गयो । सन्चो विसन्चो बाट हामि विच कुराकानि आरम्भ भयो ।

    “कस्तो छ तिम्रो खबर ?” मैले सोंधे । 
    “भाविले जस्तो लेखिदियो त्यस्तै छ ।” मिनाले जवाफ दिईन । मिनाको जवाफले मलाई अलमल्ल बनायो । मैले उनको जवाफ लाई बुझ्न सकिन । म आश्चर्य मान्दै मिनालाई एकहोरो हेरीरहें । शायद मेरो अनुहारमा देखीएको प्रश्न चिन्हलाई मिनाले पढ्न भ्याईन । 
    “तिमीले मेरो जवाफ बुझ्न सकेनौ । खैर , छोडदेउ यी कुरा भन तिम्रा छोराछोरी कति छन् ?” मिनाले सोधिन। 
    “मैले विवाह गरेको छैन ।” मैले भनें । 
    “किन , जीवन चलाउन जीवन संगीनीको आवश्यकता महसुस भएन ?” मिनाको प्रश्न । 
    “धेरै पटक महसुस भएको थियो ।” मैले भनें । 
    “फेरी किन गरेनौ ?” मिनाले पूनः प्रश्न गरिन । 
    “शायद आफुले रोजेको जस्तो नभेटेर होला ।” मैले जवाफ दिएँ । 
    “नभेटेको हो या , भेट्न नखोजेको हो ?” मिनाले प्रश्न गरिन । 
    “खोज्न त धेरै खोंजे । तर, बाटो विराईसकेको लाई फेला पार्न सकिएन । त्यसैले पनि विवाहको ईच्छा भएन । खैर छोड यी कुरा , भन तिमीले चाहिं को सँग विवाह ग¥यौ त?” मैले भने ।
    “तिमीले राम्ररी चिन्दछौ ।” मिनाले जवाफ दिईन । मिनाको जवाफ सुनेर म फेरी आश्चर्यमा परें । आखिर मेरो परिचित त्यो व्यक्ति को थियो , जस सँग मिनाले विवाह गरीन ? मैले आफैसँग प्रश्न गरें । तर ममा त्यसको जवाफ फेला परेन । यतिमै मिनाले आफ्नो व्याग बाट महङ्गो सिगरेट निकालीन र बट्टा खोलेर मतिर वढाईन । सिगरेट पिउने आफ्नो बानि नभएको कुरा मैले भने पछि मिनाले एउटा सिगरेट ओंठमा च्यापिन र सल्काएर धुवाँ उडाउन थालिन । 
    “तिमी सिगरेट पनि पिउँछौ ?” मैले प्रश्न गरें । 
    “यसको श्रेय तिमीलाई नै जान्छ ।” मिनाले मलाई आरोप लगाईन । हो , यो मलाई लगाईएको झुठो आरोपनै हो । किनकी बिसौ वर्ष पछि वल्ल आज हाम्रो भेट हुँदैछ । फेरी उनको सिगरेट पिउने लतमा मेरो श्रेय कसरी रह्यो ?जवकी जीवनमा आज सम्म मैले सिगरेट गन्ध समेत लिएको छैन ।

    “कसरी ?” मैले प्रश्न गरें । 
    “तिमीलाई थाहा सुरज ? हामि स्कुलमा हुँदा एकदिन खाजाखाने होटेल अगाडि तिमी मलाई कुरीरहेको थियौ । म सरासर आएँ । अनि रिसको झोकमाा तिम्रो हात समाएर अलि पर लगें र आएन्दा यस्तो काम नदोहरीयोस भनेर हिंडे ।” मिनाले त्यो दिनको कुरालाई सम्झाउँदै भनिन । 
    “जीवनमा कहिल्यै बिर्सन नसक्ने घट्ना बनेर यो मस्तिष्कमा छापिएको छ । तर त्यो घट्नाको कारण आजसम्म जान्न सकेको छैन मैले ।” मैले जवाफ दिएँ । 
    “त्यसको कारण थियो , तिम्रो नाममा मलाई आएको प्रेमपत्र । जुन प्रेमपत्रमा लेखीएका शब्दहरुले मलाई तिमी प्रति घृणा जगायो । तिम्रो अनुहार पनि हेर्न नपरोस भनेर म दुईचार दिन स्कुल गईन । पछि थाहा भयो तिमी स्कुल नगई घरमै बसेर परीक्षाको तयारी गरिरहेको छौ । त्यसपछि म स्कुल जान थालें । दिनेश र म एकै ठाउँ बाट स्कुल जाने भएकोले आउँदा जाँदा हामि सँधै सँगसँगै हुन थाल्यौ । यहि क्रममा दिनेशले मलाई आफ्नो मायाजालमा पार्न सफल भयो । दिनेशले राखेको विवाह प्रस्ताव लाई मैले नकार्न सकिन । हामि विवाह वन्धनमा बाँधियौ । विवाहको केहि महिना पछि दिनेशको मुखबाट लुकेको यथार्थ थाहा पाएँ ।” 
    “कस्तो यथार्थ ?” मैले प्रश्न गरें । 
    “दिनेशले तिम्रो नाम लगाएर जुन प्रेमपत्र मेरो हातमा दिएको थियो । त्यो तिम्रो ह्याण्ड राईटिङ्ग जस्तै जस्तै बनाएर दिनेशले लेखेको रहेछ ।त्यो पत्रमा लेखीएका छाडा शव्दहरु देखेपछि मलाई तिमी प्रति घृणा जाग्यो । मैले रिसले आँखा देखीन र तिमी सँगको मित्रता तोडे । तर दिनेशले हामिलाई छुटाउन त्यसो गरेको कुरा जब थाहा भयो , तब म छाँगो बाट खसे । दिनेशले भनेको त्यो शव्द तिर बनेर मेरो छातिमा रोपियो । त्यो वेलादेखी तिमी सँग माफि माग्न पल पल तड्पी रहें । मैले यहि पिडा भुलाउन सिगरेटको साहारा लिन थालेकी हुँ ।”

    मिनाले यसरीनै सबै कुरा बताउँदै गईन । म त्यतिवेला आश्चर्यमा परे , जतिवेला यो सबै काम दिनेशले गरेको थाहा पाएँ । त्यो समयमा दिनेश त मेरो मिल्ने साथी थियो । त्यतिवेला आफ्नो मिल्ने साथी बाटै मैले धोका पाएको रहेछु । स्कुल सकेर निस्किए देखी दिनेश कहिल्यै मेरो संम्पर्कमा आएन , कारण यहि रहेछ । कुरकानिको क्रममा मिनाले आफ्नो हातको घडिमा आँखा लगाईन । रातको आठ वज्नै लागेको थियो । ढिला भयो भन्दै मिनाले आफ्नो व्याग बाट एउटा वन्द खाम झिकेर मेरो हातमा थमाईन र फेरी भेट्ने वाचा गर्दै छुट्टिईन ।

    कोठाको भित्तेघडिले रातको एघार नघाई सकेको छ । कफि हाउसमा मिनालाई भेटेर फर्किएदेखी अहिले सम्म चार — चार कप कालो कफि पिउन भ्याई सकेकोछु । निद्राको कुनै संकेत छैन । कोठामा छटपटिदै यताउता गरिरहेकोछु । कफि हाउस बाट छुट्टिने वेलामा मिनाले मेरो हातमा थमाएको वन्द खाम सिरान छेउमा जस्ताको त्यस्तै छ । मैले अझै सम्म पनि खोलेर हेरेको छैन । खोलेर हेरीहाल्ने ईच्छा जागेको पनि छैन । किनकी मलाईयो वन्द खाम भित्रको पत्रमा त्यहि कुराहरु लेखीएका होलान, जुनकुराहरु कफि हाउसमा बसेर मिनाले भनेकी थिईन। त्यसैले पनि यो खाम खोलीहाल्ने ईच्छा नभएको हो । तर, मिनाले कफी हाउसमा बसेर भन्न नभ्याएको कुराहरु पनि त हुनसक्छ नियो पत्रमा । यदि त्यहिनै कुरा लेखिएको भएँ मलाई मिनाले वन्द खाम किन दिन्थीन र ?म सरासर गएर वेडमा बसें । त्यो वन्द खाम खोलें । खाम भित्रको पत्र झिकेर हेरें ।यो पत्र हेर्नासाथ मेरो आश्चर्ययको सिमा रहेन । मेरो नजर केहि क्षण यहि पत्रमा अडिएर बस्यो । यो पत्रमा मिनाले मात्र एक लाईन लेखेकी रहिछिन । यहि एक लाईनले मलाई धेरै पटक धेरै कुराहरु सोंच्न वाध्य गरायो ।

    “म, हाम्रो तोडिएको त्यो मित्रता लाई पूनः जोडेर अगाडि वढ्न चाहन्छु । के तिमी मेरो मित्रता लाई पूनः स्विकार्छौ?”

    पत्रमा मिनाले यति मात्र लेखेकीछिन । मैले यस प्रश्नको जवाफ धेरै पटक फरक—फरक कोणबाट सोंचे । अन्ततः एउटी विवाहित महिलाले पर पुरुषलाई यस्तो प्रस्ताव राख्नु पारिवारीक रुपमा सहि हुँदैन । भन्ने कुरा मिना लाई सम्झाउने निर्णय गरें । भोलिपल्ट उनिलाई त्यहि कफि हाउसमा बोलाएर सम्झाएँ । तर त्याहाँ मेरा शव्दहरुको कुनै अर्थ रहेन । मैले सम्झाउनुको कुनै मतलव रहेन । किनकी मिना र दिनेश कानुनी रुपमा अलग भएर बसेको एक वर्ष भईसकेको रहेछ । त्यसकारण मिनाले त्यो प्रस्ताव राखिन ।मैले उनको प्रस्ताव लाई स्विकार गरें ।

    लेखक– निरज राज सुवेदी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend