गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८०र८१ मा ३९ करोड ८५ लाख ३३ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा गएको आर्थिक वर्षमा ३ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख सुरज बस्यालले बताए ।
आर्थिक वर्ष ०७९र८० मा ३६ करोड ७२ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा ३ करोड १२ लाख ९१ हजार राजस्व संकलन भएको हो ।
कार्यालयका अनुसार ८.५ प्रतिशत राजस्व संकलन वृद्धि भएको छ । गत आर्थिक वर्षमा आय कर २१ करोड १ लाख ९ हजार, घर भाडा कर १ करोड ३ लाख ४२ बजार, व्याज कर १ करोड २ लाख २५ हजार, भ्याट १५ करोड ८३ लाख ९३ हजार र अन्तः शुल्क कर ९४ लाख ५८ हजार संकलन भएको बस्यालले बताए ।
करदाता सेवा कार्यालय गुल्मीले एक वर्षको अवधिमा १२ ठाउँमा करदाता शिक्षा प्रदान गरेको छ । नियमित बजार अनुगमन र आयकर संकलन गर्न छुट सुविधाको प्रयोग गराउन सचेतना लगायतका कार्यले राजस्व संकलनमा वृद्धि भएको कार्यालय जनाएको छ ।जिल्लामा १३ हजार २८७ करदाता मध्ये ११ हजार ४९५ जना करदाता सञ्चालनमा छन् । त्यसमध्ये ३ हजारको विवरण बुझाउन बाँकी छ ।
व्यवसाय दर्ता गर्नेको संख्या घट्यो
जिल्लामा व्यवसाय दर्ता गर्नेको गत वर्ष गुल्मीमा राजस्व संकलन बढ्यो,व्यवसाय दर्ता भने घट्यो घट्दै गएको छ । आर्थिक वर्ष ०८०र८१ मा ६८९ दर्ता गराएका छन् भने ५७२ जनाले व्यवसाय खारेजी गरेका छन् । आर्थिक वर्ष ०७९र०८० मा ८०७ जनाले व्यवसाय दर्ता गराएको तथ्यांक कार्यालयसँग छ ।कार्यालयबाट करसम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बस्यालले बताए । जिल्लामा २०७७ सालमा मात्रै करदाता सेवा कार्यालय स्थापना भएको थियो ।
कर बुझाउन पहिला पाल्पा जानु पर्ने बाध्यता को अत्य भएसँगै घरमै बसेर कर तिर्न पाउदा नागरिकहरुलाई सहज हुने भएको छ।गुल्मीमा कर कार्यालय नहुँदा बेलाबेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो ।




.gif)





