चीनको कुनमिङबाट आएको चाइना इस्टर्नको विमान काठमाडौंमा ८ फन्को लगाएर ढाका तिर डाइभर्ट भएको छ । शुक्रबार करिब ४ बजेतिर ल्यान्ड गर्न खोजेको उक्त जहाज मौसममा आएको खराबीपछि ढाका डाइभर्ट भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले केही समय भिजिबिलिटी नपुगेका कारण उक्त जहाज ल्यान्ड हुन नसकेको पुष्टि गरे ।
'उक्त जहाज अहिले ढाका गइसकेको छ,' महाप्रबन्धक पाण्डेले भने, 'जहाज ल्यान्ड हुने बेलामा यहाँ भिजिबिलिटी पुगेन । त्यसपछि भने मौसम केही खुलेको छ । त्यसपछिका जहाज ल्यान्डङमा समस्या छैन ।'




.gif)





