images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सेयर बजार हालसम्मकै उच्च : कारोबार...

सेयर बजार हालसम्मकै उच्च : कारोबार रकममा नयाँ रेकर्ड

सेयर बजार हालसम्मकै उच्च : कारोबार रकममा नयाँ रेकर्ड

images
images
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  •  काठमाडौं। साताको अन्तिम कारोबार दिन  नेप्से परिसूचक तीन हजार विन्दमा बन्द भएको छ । बैंकिङ्ग उपसमूहको परिसूचक बढेपछि यस दिन नेप्सेले तीन हजार विन्दु छोएको हो।

    images
    images

    साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंक बढेर ३०००.८१ विन्दुमा पुगेको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १६.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंक बढेको छ ।

    १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ । सो उपसमूहका सबै बैंकहरुको सेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो । त्यस्तै, यस दिन म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशत घटेको छ।

    images
    images

    यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन कारोबार रकमले गत सोमबार बनाएको रेकर्ड तोडेको हो। सो दिन नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । यस दिन भने ३३४ स्टकको ३ लाख ११ हजार ५३६ पटकको कारोबारमा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको ६ करोड ८९ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend