images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • एक बर्षमा निर्जीवन बीमा कम्पनीले कमायो...
निर्जीवन बीमा कम्पनी

एक बर्षमा निर्जीवन बीमा कम्पनीले कमायो ७ अर्ब ४३ करोड नाफा, कुन कम्पनीको कति ?

एक बर्षमा निर्जीवन बीमा कम्पनीले कमायो ७ अर्ब ४३ करोड नाफा, कुन कम्पनीको कति ?

सार्वजनिक रिपोर्टअनुसार कम्पनीहरूले समीक्षा वर्षमा कूल ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

images
images
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । 

    images
    images

    सार्वजनिक रिपोर्टअनुसार कम्पनीहरूले समीक्षा वर्षमा कूल ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आव २०७९/८० को तुलनामा ५२.८१ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९/८० मा १४ निर्जीवन बीमा कम्पनीको खुद नाफा चार अर्ब ८६ करोड ३१ लाख ६५ हजार रुपियाँ थियो । 

    कम्पनीहरूद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय रिपोर्टअनुसार गत आवमा नेपाल इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ ।

    images
    images

    नेपाल इन्स्योरेन्सले गत बर्ष ७० करोड छ लाख २७ हजार रुपियाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिन्छ । समीक्षा बर्षमा उक्त कम्पनीले ६९ करोड २३ लाख १९ हजार रुपियाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले भने ६८ करोड ५७ लाख ११ हजार रुपियाँ नाफा कमाएको छ ।

    यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६६ करोड ७९ लाख ४५ हजार, राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ७३ लाख नौ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६१ करोड २१ लाख ३१ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६० करोड ८९ लाख एक हजार, दि ओरियन्टल इन्स्योरेन्सलेले ५९ करोड ६१ लाख ८३ हजार र शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख २१ हजार रुपियाँ खुद नाफा कमाएको छ । 

    यस्तै, प्रभु इन्स्योरेन्सले ४९ करोड आठ लाख ९८ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले ३८ करोड ५२ लाख ८५ हजार, सानिमा जीआईसीले ३३ करोड सात लाख ८६ हजार, नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख ९२ हजार र एनएलजी २५ करोड ३३ लाख ९६ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend