images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति...

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति प्रदान

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति प्रदान

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्यक्ष गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले साधारण तथा प्राविधिक धार अध्ययन गर्ने १२१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार पालिकाभित्र स्थायी ठेगाना भई हाल जिल्लाभित्रका शिक्षण संस्थाहरुमा उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । साधारणतर्फ अध्ययनरत ११३ जना र प्राविधिक धारतर्फ अध्ययनरत आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले जानकारी दिनुभयो ।

    images
    images

    उहाँका अनुसार छात्रवृत्तिअन्तर्गत साधारणतर्फका विद्यार्थीले शिक्षण संस्थामा बुझाउनुपर्ने शुल्क शतप्रतिशत अर्थात् पूरै र प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीको शुल्कमा ५० प्रतिशत बराबरको रकम गाउँपालिकाले उपलब्ध गराएको छ । जसमा साधारण धारतर्फ अध्ययन गर्दै आएका विद्यार्थीलाई कुल १४ लाख ७७ हजार १६० रुपियाँ गाउँपालिकाले उपलब्ध गराएको छ ।त्यस्तै प्राविधिक धार अध्ययन गर्दै आएका विद्यार्थीका लागि एक लाख ५९ हजार ७५० रुपियाँ रकम गाउँपालिकाले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले बताउनुभयो । उहाँका अनुसार छात्रवृत्तिबापतको रकम सम्बन्धित विद्यार्थी साथै अभिभावकको बैंक खातामा निकासा गरिएको छ । जिल्लाकै विकट तथा हिमाली भेगका रुपमा रहेको फक्ताङ्लुङ गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शिक्षा नीति निर्माण गरी विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।

    खस्किँदो शैक्षिक अवस्थालाई सुधार गर्ने उद्देश्यसँगै खर्च अभावमा अधिकांश विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न नपाएको अवस्थालाई समेत दृष्टिगत गरी गाउँपालिकाले शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्नेगरी शिक्षा नीति निर्माण गरेर कार्यान्वयनमा ल्याएको हो ।गाउँपालिकाको शिक्षा नीतिअनुसार पालिकाभित्र नभएको सङ्काय तथा विषय अध्ययन गर्न चाहाने विद्यार्थीले जिल्लाभित्रै रहेका शिक्षण संस्थामा अध्ययन गरेमा छात्रवृत्ति पाउनेगरी शिक्षा नीति बनाई लागू गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताउनुभयो । जिल्लाबाहिर अध्ययन गर्ने विद्यार्थीले भने छात्रवृत्ति नपाउने गरी गाउँपालिकाले शिक्षा नीति बनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend