images

२०८३ आश्विन २१ गते

images
images
images

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ । लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो । चालु आर्थिक वर्ष २०८१÷८२ को वार्षीक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिलिप पुर्जाले जानकारी दिनुभयो । 

    images
    images

    लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो । गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न रु १० लाख खर्च गरेको प्राविधिक पुर्जाले बताउनुभयो । 

    विपन्न परिवारलाई उनीहरुको जिवनस्तर उकास्न दुई वर्ष उमेरको प्रजनन् अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend