images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नौ महिनामा स्थायी लेखा नम्बर लिने...

नौ महिनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि

नौ महिनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (चैत मसान्तसम्म) मा ५ लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यससँगै नेपालमा स्थायी लेखा नम्बर लिने कुल करदाताको संख्या ६७ लाख ९९ हजार ८९५ पुगेको छ । 

    images
    images

    मन्त्रालयको तथ्यांकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समेत करदाता थपिने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा ५ लाख ५१ हजार ५६७ नयाँ करदाता थपिएका थिए । यस वर्ष सोही अवधिमा २२ हजारभन्दा बढी करदाता थपिएका छन् ।चालु आर्थिक वर्षको चैतसम्ममा थपिएका नयाँ करदातामध्ये सबैभन्दा ठुलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरूको छ । यस अवधिमा ४ लाख ८० हजार ७० जनाले व्यक्तिगत प्यान लिएका छन् । 

    यस अवधिमा करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या ९१ हजार ७७३, स्थायी लेखा नम्बर (डब्ल्यूप्यान) लिने १ हजार ८३९ र व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या ४ लाख ८० हजार ७० ले बढेका छन्। योसँगै बीप्यान लिनेको संख्या २० लाख ३५ हजार ८७४, डब्ल्यूप्यान लिनेको संख्या ३५ हजार १६७ र पीप्यान लिनेको संख्या ४७ लाख २८ हजार ७७४ पुगेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend