images

२०८३ आश्विन १९ गते

images
images
images

अभिनेता दयाहाङ राई ‘पेन्सनपट्टा’मा अनुबन्धित

अभिनेता दयाहाङ राई ‘पेन्सनपट्टा’मा अनुबन्धित

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरूको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकीय चलचित्र ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।

    images
    images

    ‘पेन्सनपट्टा’को छायांकन तेस्रो साताबाट हुनेछ । चलचित्रले भूतपूर्व लाहुरेको कथा भन्नेछ । लोभी मान्छे कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । 

    चलचित्रको सम्पूर्ण छायांकन कास्कीको पोखरा आसपासमा गरिने निर्माणपक्षले जनाएको छ । चलचित्र सुशन प्रजापतिले खिच्नेछन् । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend