images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • आज एशियन लाइफको लाभांश सुरक्षित गर्ने...

आज एशियन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज एशियन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले भोलि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    कम्पनीले आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटल इच्छामा दिउँसो १ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश छन्। सभाले बोनस सेयर वितरणपछि हदसम्म जारी तथा चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव पारित गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend