काठमाडौंः सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लागेको ताल्चा तत्काल खोल्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले त्रिविमा लगाएको ताला खोल्न आदेश दिएको हो। अधिवक्ता महेश भट्टराईको रिटमा सर्वोच्चले यो आदेश गरेको हो।
त्रिविमा एक महिना देखि तालाबन्दी हुँदा त्रिविका पदाधिकारी कार्यकक्षमा जान पाएका छैनन् । सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको हो।
आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी) ले त्रिविको मूल ढोकामा तालाबन्दी गरेका हुन्।
तालाबन्दीयता उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल कार्यालय बाहिरैबाट काम गरिरहेका छन् ।




.gif)





