images

२०८३ आश्विन १७ गते

images
images
images

शिक्षकलाई केन्द्रले गर्‍यो यस्तो आग्रह

शिक्षकलाई केन्द्रले गर्‍यो यस्तो आग्रह

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • भक्तपुर। शिक्षकको पेसागत विकासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘Teacher Mentoring App’ परीक्षणका लागि सार्वजनिक गरेको छ।

    images
    images

    केन्द्रका अनुसार शिक्षक मेन्टरिङ कार्यक्रमको प्रभावकारिता बढाउने उद्देश्यले उक्त एप्लिकेसनलाई वेबपेजमा राखिएको छ। यस एप्सलाई सम्बन्धित सबै शिक्षा तालिम केन्द्र, स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई डाउनलोड गरी प्रयोग गर्न केन्द्रले आग्रह गरेको छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्राविधिक अधिकृत सरोज कुमार मण्डलले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘शिक्षक मेन्टरिङ कार्यक्रम कार्यान्वयनमा रहेको सन्दर्भमा उक्त एप्लिकेसन परीक्षणका लागि केन्द्रको वेबसाइटमा राखिएको छ।’

    एप्सको उपयोग पछि प्राप्त हुने सुझाव र प्रतिक्रिया केन्द्रको आधिकारिक इमेल to.cehrd@gmail.com मा पठाउन समेत अनुरोध गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend