images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि...

कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुला

कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुला

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत  शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले आज  एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

    images
    images

    सूचना अनुसार, इच्छुक विद्यार्थीहरूले आजैदेखि अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ । विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको वेबसाइट वा सिधै entrance.kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन्।महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ। 

    513182148_756940493451871_8321117749971180153_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend