images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी सरला...

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी सरला न्यौपाने पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी सरला न्यौपाने पक्राउ

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बैंकिङ कसुर मुद्दामा फरार रहिएकी प्रतिवादी सरला न्यौपानेलाई पक्राउ गरेको छ।

    images
    images

    नेपाल सरकार वादी रहेको सो मुद्दामा ललितपुर जिल्ला अदालतले २०८२ असार ४ गते पक्राउ अनुमति दिएको थियो। सोही आधारमा खटिएको प्रहरी टोलीले असार १६ गते काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–८, गल्फुटारबाट उनलाई पक्राउ गरेको हो।

    ५३ वर्षीया न्यौपाने तनहुँको व्यास नगरपालिका–१०, शान्तिनगर स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौँ बुढानिलकण्ठमा बसोबास गर्दै आइरहेकी थिइन्। न्यौपानेले करिब बीस लाख रुपैयाँ बिगो पर्ने बैंकिङ कसुर गरेको आरोपमा फरार रहिएकी थिइन्।

    images
    images

    पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    101.jpg
    undefined

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend