images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नागरिकता र परिचयपत्र बनाउने बिहानी सेवा...

नागरिकता र परिचयपत्र बनाउने बिहानी सेवा प्रवाह बन्द

नागरिकता र परिचयपत्र बनाउने बिहानी सेवा प्रवाह बन्द

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ः०० बजेदेखि सेवा दिँदै आएकामा सोचे अनुसार सेवाग्राही नआए पछि बिहानी सेवा बन्द गरेको छ ।

    images
    images

    कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि गत जेठ ३० गते देखि बिहान ७ः०० बजेदेखि सेवा प्रवाह गर्न थालिएको थियो। सेवाग्राही न्यून भएपछि कार्यालयले आइतबार देखि उक्त समयमा सेवा बन्द गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिएका छन्।

    सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा सुरु गरे पनि सेवाग्राही नियमित समयमा नै आउने भएपछि बिहान १०ः०० बजेदेखि पूर्ववत् अवस्थामा सेवा दिन थालिएको उहाँको भनाइ छ।

    images
    images

    यहाँ केही दिन देखि दैनिक औसतमा ४२ जना नागरिकता र ११७ राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन्। विगतमा दैनिक १०० भन्दाबढी नागरिकता र २०० भन्दाबढी राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका थिए। कतिपय सेवाग्राही बिहान देखि नै कार्यालयको मूलढाकोमा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहानी सेवा प्रवाह सञ्चालन गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend