images

२०८३ आश्विन १६ गते

images
images
images

कर्णाली राजमार्गमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

कर्णाली राजमार्गमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जिते नजिक पहिरो पन्छाए पछि राजमार्ग खुलेको हो ।

    images
    images

    सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो । पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए । 

    ‘साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन  समय लाग्ने गरेको छ’, उनले भने, ‘डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ ।’ सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किए पछि यात्रुले सास्ती पाएका थिए । सोमबार बिहान देखि सडक अवरुद्ध भएको थियो ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend