images

२०८३ आश्विन १७ गते

images
images
images

नेप्से ९.१९ अंकले बढेपनि कारोबारमा गिरावट

नेप्से ९.१९ अंकले बढेपनि कारोबारमा गिरावट

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौं । सेयर बजार परिसूचक आज असार १६ सोमबार ९.१९ अंकले बढेको छ । सँगै बजार २६३१.४८ विन्दु कायम भएको छ ।

    images
    images

    १४५ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटकमा खरिद–बिक्री भएको हो । असार १५ गते आइतबार सात अर्ब माथिको कारोबार भएको थियो ।

    images
    images

    राप्ती हाइड्रो, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनीमा परे ।

    पञ्चकन्या माई हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रो, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे ।

    फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूह सूचक घटेको छ । बाँकी समूह सूचक बढेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend