images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • सहमति नभए पछि बैठकबाट बाहिरियो शिक्षक...

सहमति नभए पछि बैठकबाट बाहिरियो शिक्षक महासंघ

सहमति नभए पछि बैठकबाट बाहिरियो शिक्षक महासंघ

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौंः नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमवार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट बाहिरिएका छन् । शिक्षकको पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभए पछि उनीहरू निस्किएका हुन् ।

    images
    images

    “सरकारले पटक–पटक शिक्षकहरू सँग ७५–२५ को सहमति गरेको थियो । हामीले यही कुरा राख्यौँ,” महासंघका महासचिव तुलाबहादुर थापाले भने, “तर, उहाँहरूले ७५–२५ को अवस्थामा शिक्षा विधेयक अगाडि बढाउन नसकिने बताउनुभयो । अनि, हामी निस्कियौँ ।”

    प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यस अघि सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको थियो । शिक्षक सँगको वार्ताका कारण समिति बैठकको समय दिउँसो २ बजे सम्मका निम्ति सारिएको थियो ।

    images
    images

    बैठकमा महासचिव थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहभागी थिए ।

    महासंघले आफू सँग गरेका सहमति अनुसार ‘अग्रगामी’ शिक्षा विधेयक पारित नगरिए पहिले भन्दा कडा आन्दोलनको चेतावनी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend