images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • नयाँ–नयाँ जुक्ति निकालेर दोहोरो सुविधा लिँदै...

नयाँ–नयाँ जुक्ति निकालेर दोहोरो सुविधा लिँदै सरकारी कर्मचारी, सरकारलाई छैन जानकारी !

नयाँ–नयाँ जुक्ति निकालेर दोहोरो सुविधा लिँदै सरकारी कर्मचारी, सरकारलाई छैन जानकारी !

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • सरकारी कर्मचारीले विगतमा पेन्सन पनि बुझ्थें, भत्ता पनि । त्यसमा पर्नेमा नेपाली निजामती सेवामा जागिरे देखि भारत र बिट्रेनबाट सरकारी जागिर खाएर अवकाश भएकाहरु थिए । उनीहरुले दोहोरो सुविधा लिन्थें । सरकारले २०८१ जेठ १ गतेबाट अनिवार्य परिचयपत्र लागू गर्यो ।

    images
    images

    परिचयपत्रको आधारमा मात्र भत्ता र पेन्सन दिने निर्णय अनुसार कार्यान्वयनमा आएको छ । तर, अझैपनि कतिपय जिल्लामा सो व्यवस्था लागू हुन बाँकी छ । परिचयपत्र लागू भएको जिल्लामा पेन्सन खानेहरुले भत्ता लिन छोडेका छन् । तर, भारतीय र बिट्रिस आर्मीहरुले पेन्सन र भत्ता बुझिरहेका छन् । 
    सेना, प्रहरी र सशस्त्रले १६ वर्ष पुरा भएर १७ वर्ष लागे पछि पेन्सन पाक्छ । निजामती कर्मचारीको हकमा पुरा १९ वर्ष पुगेर २० वर्ष लाग्नुपर्छ अनि पेन्सन पाक्छ । यता, ज्यालादारी र करारका कर्मचारीले पेन्सन नपाए पनि सरकारबाट अन्य सबै सेवा सुविधा पाउँछन् ।

    सरकारी कर्मचारीको तलब ३५ हजार देखि लाख रुपैयाँ सम्म छ । ३० हजार देखि एक लाख रुपैयाँ सम्म पेन्सन बुझ्ने कर्मचारीहरु छन् । तलब र पेन्सन त देखाउने कुरा मात्र हो । नत्र तलब र पेन्सन भन्दा बढी उनीहरुले घुस खान्छन् । निजामती कर्मचारीहरुले जागिर खाएको १९ वर्ष ११ महिना पुगेपछि राजीनामा दिन्छन् । 
    अनि पद हेरेर घटीमा १८ लाख र माथिल्लो पदको ३२ लाख रुपैयाँ सम्म उपदान लिन्छन् । यो पैसा लगेर बैंकमा जम्मा गर्छन् । कतिपयले जग्गमा लगानी गर्छन् । ३२ लाख रुपैयाँको मासिक ब्याज ३२ हजार रुपैयाँ आउँछ । त्यसैगरी, १८ लाखको १८ हजार रुपैयाँ ब्याज आउँछ ।

    images
    images

    जग्गा खरिद गरेका कर्मचारीले नाफा खाएर दोब्बर मूल्यमा बेच्छन् । घरजग्गा र सेयरको मूल्य त बढिरहन्छ । अनि ती कर्मचारीले ज्येष्ठ नागरिक भत्ताका लागि वडामा निवेदन दिन्छन् । म पेन्सन खाने कर्मचारी होइन भनेर वडामा गएर ज्येष्ठ नागरिक भत्ता बुझ्छन् । कर्मचारीहरुले कति सम्म गर्छन् भन्ने कुरा यसले नै प्रष्ट हुन्छ । 
    कानुनले भन्छ, पेन्सन खाने कर्मचारीले भत्ता पाउँदैन । तर, उसको त पेन्सन देखिँदैन । यद्यपि, उनले उपदान लिएको हुन्छ । त्यो पैसा उसले बैंकमा राखेर मासिक ब्याज खाइरहेको छ । उसको जग्गाको भाउ निरन्तर बढिरहेको छ । पेन्सन होल्डर बितेपछि उसको श्रीमतीले आधा पेन्सन पाउँछ ।

    निजामती कर्मचारी श्रीमतीको हकमा श्रीमानले आधा पेन्सन बुझ्छन् । दुईटै बितेपछि राज्यले पेन्सन दिँदैन । उपदानको रकमबाट खरिद गरिएको घरजग्गा त कर्मचारी मरेपछि उसको छोराछोरीले पाउँछ । मासिक ब्याज पनि सन्तानले खान पाउँछ । अहिले कर्मचारीहरुको प्राथमिकतामा उपदान परिरहेको छ । 
    पेन्सन लिनेहरु घट्दै गएका छन् । तर, यसले गर्दा राज्यलाई दोब्बर आर्थिक भार परेको छ । सरकारी कर्मचारी मात्र होइन, जनता पनि निकै लोभी छन् । जनता केही पनि छोड्न सक्दैनन् । काठमाडौँमै दुई–तीन वटा घर छ, मासिक लाखौं रुपैयाँ भाडा आउँछ । तैपनि चार हजार रुपैयाँ भत्ता बुझ्न वडा कार्यालय पुग्छन् । 
    छोराछोरी अमेरिका–अष्टे«लिया भएकाहरु पनि ज्येष्ठ नागरिक भत्ता लिने दौडिन्छन् । छोराछोरी नेता, सांसद, जनप्रतिनिधि भएकाका अभिभावक पनि ज्येष्ठ नागरिक भत्ताका लागि मरिहत्ते गर्छन् । जनता आफूले राज्यलाई के दिऔं भन्ने सोच्दैनन् । जसरी पनि राज्यलाई लुटौं भन्ने मात्र छ ।

    नेता, जनप्रतिनिधि, कर्मचारी, जनता कसैसँग पनि नैतिकता नै भएन । भारतीय सेना र बिट्रिस सेनामा कार्यरतहरुले जागिर छोड्दा करोडौं रुपैयाँ बुझ्छन् । तैपनि यहाँ आएर मासिक भत्ता बुझ्छन् । सरकारले ७० वर्ष पुगेपछि भत्ता दिने कानुन बनाएको छ । तर, कस्तो व्यक्तिलाई भत्ता दिने ? यसतर्फ ध्यान दिन आवश्यक भइसकेको छ । 
    भत्ता खाने जनताको आर्थिक अवस्था कस्तो छ ? उसको जागिर–व्यापार के ? घर छ कि छैन् ? छोराछोरी कहाँ छन् ? सरकारले केही पनि हेर्दैन । नागरिकता लिएर जाने बित्तिकै सरकारले भत्ता दिन्छ । सरकारले आर्थिक अवस्था कमजोर भएको, आम्दानीको स्रोत नभएकालाई भत्ता दिइने हो ।

    जसले कमाउन सकेन, सम्पत्ति जोड्न सकेन, बुढेसकालमा खान–लगाउन धौं धौ छ, त्यस्तालाई भत्ता दिनुपर्छ । तर, सरकार आँखा चिम्लेर भत्ता बाँडिरहेको छ । ७० वर्ष बुझ्ने बित्तिकै भत्ता । अहिले कस्तो अवस्था छ भने, श्रीमानको पेन्सन आउँछ, श्रीमती भत्ता बुझ्न वडा कार्यालय पुग्छन् । 
    श्रीमतीको पेन्सन आउँछ, श्रीमान भत्ता लिन्छन् । भनिन्छ नि,‘जस्तो बीऊ, त्यस्तै फल ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुम हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मस्थान डेडल्धुरा हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कास्कीमा जन्मिए ।

    हिजो केही नभएकाहरु आज करोडौंको सम्पत्तिको मालिक छन् । प्रचण्डको घर नभए पनि नाडीमा ७८ लाखको घडी छ । केपी ओलीको भक्तपुरको बालकोटमा दशौं रोपनी जमिनमा बनेको दरबार जस्तो घर छ । देउवाको काठमाडौंको बुढानीलकण्ठमा महल जस्तो घर छ । ओलीको हातमा तीन करोडको घडी छ भन्ने कुरा कसैबाट लुकेको छैन । 
    उनले दैनिक ७० हजार रुपैयाँको पानी पिउँछन् । सात लाखको कोट र डेढ लाखको जुत्तामा उनी ठाँटिएर हिँड्छन् । उनको झापा र तेह्रथुममा पनि जायजेथो छ । देउवाको धेरै व्यापार व्यवसायमा लगानी छ । निजी स्कुल लगायत विभिन्न क्षेत्रमा उनको लगानी भएको बताइन्छ । देउवाको गृहजिल्लामा पनि सम्पत्ति छ ।

    उनीहरुको पुर्ख्यौली सम्पत्ति कति हो ? उनीहरुले कहाँबाट यत्रो सम्पत्ति कमाए ? किन कि उनीहरुको देखिने गरी जागिर व्यापार केही छैन । ओली भन्छन्,‘म १४ वर्ष जेल बसेको ?’ जेलमा बस्दा यत्रो सम्पत्ति कमाइन्छ ? देउवा आफैंपनि जेल बसेका छन् ? उनले पनि जेल बस्दा यो सम्पत्ति कमाएका हुन् ?

    प्रचण्ड १० वर्षे जनयुद्धको कमाण्डर थिए । त्यतिबेला १७ हजार नेपाली जनता मारियो । जेलभित्र बसेर जनता मरेर यत्रो सम्पत्ति कमाइने रहेछ ? न नेतालाई देशको माया भो न कर्मचारीलाई । जनता र व्यापारी पनि त्यस्तै भए । यहाँ जसले सक्छ, त्यसले लुट्छ । करोडौं लगानी गरेर घर बनाएका छन् । 
    लाखौं पर्ने गाडी चढेका छन् । सुनमा पनि उत्तिकै लगानी गरेका छन् । तर, उनीहरुको आम्दानीको स्रोत के ? सरकारले खोज्दैन । ती व्यक्तिले कर तिरको छन् कि छैनन् ? सरकारले खोजीनीति गर्दैन । राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा विश्व पौडेलले केही दिन अघि आफ्नो सम्पत्ति सार्वजनिक गरे ।

    उनले आफ्नो १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको बताएका छन् । त्यो सम्पत्ति उनले कहाँबाट जोडे ? उनको आम्दानी कति थियो, खर्च कति ? उनले आफ्नो सम्पत्ति बापतको राज्यलाई कर तिरेका छन् कि छैनन् ? यो एउटा महत्वपूर्ण प्रश्न हो । राजश्व छलेर रातारात मोटाउनेहरु यहाँ थुप्रै छन् । 
    व्यापार गर्न नेपाल छिरेका मारवाडीहरुले पनि राजश्व छलिरहेका छ्न । सरकारले अब त्यता पनि छानबिन गर्नुपर्छ । ओली आफ्नी श्रीमतीले कमाएको सम्पत्ति हो भनेर पन्छिन्छन् । राष्ट्र बैंकको कर्मचारीले यत्रो सम्पत्ति कमाउन सक्छ । देउवा पनि आफ्नी श्रीमतीको सम्पत्ति भन्छन् ।

    श्रीमतीलाई देखाएर पन्छिने काम नगरौं । किन कि नेताहरु सही नहुँदा, प्रलोभनमा पर्दा जनता पनि त्यस्तै बने । नेता केही छोड्न नसक्ने अनि जनताले के छोड्थें ? देश बनाउने हो भने आफ्नो बानीमा सुधार गरौं । देश दोहन गर्ने काम बन्द गरौं । 
    लेखकः अनुसा थापा 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend