images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज...

एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौँः लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम मौका रहेको छ।

    images
    images

    कम्पनीले सोमबार असार १६ गते एक दिन वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ  बुक क्लोज गर्ने भएकाले आज सम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते सोमबार साधारण सभा बोलाएको छ।

    images
    images

    उक्त सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजे देखि बस्ने भएको छ । सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    त्यस्तै बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम गर्न वा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ। भने सोही सभाले सर्वसाधारण शेयरधनी तर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्ने समेत एजेण्डा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend