images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • कास्कीबाट सामुदायिक र निजी विद्यालयहरूले एसईईमा...

कास्कीबाट सामुदायिक र निजी विद्यालयहरूले एसईईमा अहिले सम्मकै नतिजा उत्कृष्ट प्रदर्शन

कास्कीबाट सामुदायिक र निजी विद्यालयहरूले एसईईमा अहिले सम्मकै नतिजा उत्कृष्ट प्रदर्शन

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौँः पोखरा, कास्कीबाट यस वर्षको एसईई परीक्षामा ६५ जनाले ४ जीपीए ल्याएका छन् । यहाँका सामुदायिक र निजी विद्यालयहरूले अब्बल प्रदर्शन गरेका हुन् । यहाँका २९ विद्यालयका विद्यार्थीले ४ जीपीए पाएका सार्वजनिक भएको रिजल्टमा उल्लेख छ ।

    images
    images

    विवरण अनुसार मदरल्याण्ड सेकेण्डरी स्कुलका सबैभन्दा बढी विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मदरल्याण्डका मात्रै ११ जनाले यस्तो उत्कृष्ट अंक पाएका हुन् । अघिल्लो साल पनि मदरल्याण्डका १० विद्यार्थीले यस्तै नतिजा ल्याएका थिए ।

    यसैगरी, अमरसिंह माविका ५ जनाले ४ जीपीए पाउँदा फिस्टेल एकेडेमी, जनप्रिय मावि, भद्रकाली मावि, शिशु निकेतनका विद्यार्थीले ४ जीपीए पाए । गण्डकी बोर्डिङ, डायमण्ड सेकेण्डरी, बालोदय, कास्की मोडनाइज्ड, भास्कर मेमोरियल, विद्या निकेतन, हिमालयन बोर्डिङ, शान्ति निकेतन र बड्स एकेडेमीका २–२ जनाले उत्कृष्ट नतिजा ल्याए ।

    images
    images

    त्यस्तै विन्ध्यावासिनी, छोरेपाटन, जनचेतन, गोगन, बाल मन्दिर, ज्योति कुन्ज, प्रतिभा, कुमदिनी, टप्स, सिर्जना, रेन्बो एकेडेमी, स्नो भ्यू, सगरमाथा निकेतन, लाविन रेसिडेन्सियल र अन्नपूर्ण गाउँपालिकाको मर्निङ स्टार माविका पनि एक एक जना विद्यार्थी सर्वोत्कृष्ट ठहरिएका छन् । 

    ४ जीपीए ल्याउने मध्ये १८ जना सामुदायिक विद्यालयका छन् भने बाँकी ४६ जना संस्थागत विद्यालयका छन्। कास्कीबाट करिब ८३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । गत वर्ष चैतमा सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डद्वारा शुक्रबार प्रकाशित नतिजामा ८२ दशमलव ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका जिल्ला विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिएका छन। 
    अहिले सम्मकै यो नतिजा उत्कृष्ट हो । यसअघि सबैभन्दा धेरै गत वर्ष ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend