काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेख्य सुधार आएको बताउनु भएको छ।

गत वर्षको तुलनामा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण हुनुलाई उहाँले शिक्षक, विद्यार्थी र सबैको सामूहिक मेहनतको प्रतिफल भन्नुभएको छ।
सोही अवसरमा उहाँले मौका परीक्षामा सहभागी हुने र आगामी वर्षको एसईईको तयारी गर्ने विद्यार्थीहरूका लागि देशभर महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने घोषणा पनि गर्नुभयो। यो कदमले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।




.gif)





