images

२०८३ आश्विन १८ गते

images
images
images

विभिन्न माध्यमबाट एसईईको नतिजा हेर्न सकिने

विभिन्न माध्यमबाट एसईईको नतिजा हेर्न सकिने

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ । वोर्डले परीक्षाको नतिजा प्रकाशन गर्न डेमो हेर्ने, बोर्ड बैठक डाकेर निर्णय गर्ने लगायतका काम धमाधम भइहरहेको  बताएको छ । 

    images
    images

    आज बस्ने भनिएको बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

    शिक्षकहरुको आन्दोलनका कारण कापी परीक्षणमा केही बिलम्ब भएपनि समयमै नतिजा प्रकाशन गर्न जुटेको बोर्डको भनाइ छ । नतिजालाई त्रुटी रहित बनाउन प्रयास भइरहेको भन्दै बोर्डले प्राविधिक समस्या नदेखिए आजै साँझ सम्ममा नतिजा सार्वजनिक गर्ने बताएको छ । 

    images
    images

    बोर्डले यसपटक विभिन्न २० वटा माध्यमबाट नतिजा हेर्न सकिने भन्दै सूचना समेत जारी गरिसकेको छ । ५ वटा एसएमएस र आइभीरआर विधि र १५ वटा विभिन्न अनलाइन र वेवसाइटबाट नतिजा हेर्न सकिने वोर्डको भनाइ छ ।

    see-notice-1750999760.jpeg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend