images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • एसईई को नतिजा आज सार्वजनिक गर्ने...

एसईई को नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईई को नतिजा आज सार्वजनिक गर्ने तयारी

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौंः १३ असार, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ।

    images
    images

    नतिजा प्रकाशनको निर्णय गर्न आज अपराह्न बोर्ड बैठक बोलाइएको छ। बोर्डका अनुसार, बैठकले नतिजालाई प्रमाणीकरण गरेपछि सार्वजनिक गरिनेछ।

    यस वर्षको परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८१ विद्यार्थी सहभागी भएका थिए ।

    images
    images

    यसअघि असार ६ गतेभित्रै नतिजा ल्याउने लक्ष्य भए पनि शिक्षकहरूको सडक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा ढिलाइ भएको थियो।

    शैक्षिक सत्र २०८१ को एसईई परीक्षा गत चैत ७ गते देखि १९ गतेसम्म सञ्चालन भएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend