images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य तथ्याङ्कलाई एकीकृत प्रणाली निर्माण गर्न...

स्वास्थ्य तथ्याङ्कलाई एकीकृत प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध

स्वास्थ्य तथ्याङ्कलाई एकीकृत प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी छरिएर रहेका तथ्याङ्कलाई एकीकृत गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ।

    images
    images

    थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालले डिजिटल स्वास्थ्य प्रणालीमा नीतिगत सुधार थालेको जानकारी दिनु भएको हो।

    सम्मेलनमा मन्त्री पौडेलले नागरिक परिचयपत्र सँग जनसांख्यिक विवरण आबद्ध गर्ने काम सुरु भइसकेको र अब स्वास्थ्य तथ्याङ्कलाई समेत जोडेर एकीकृत प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो। “एकीकृत तथ्याङ्कको अभावमा नीति निर्माणमा समेत असर परिरहेको थियो,” उहाँले भन्नुभयो, “यो सुधारपछि स्वास्थ्य सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सकिनेछ।”
    उहाँले डिजिटल स्वास्थ्य सुधारको यो अभियानलाई सफल पार्न विभिन्न मन्त्रालय बीचको सहकार्यलाई अझ सुदृढ पारिने उल्लेख गर्नुभयो।

    images
    images

    यसै क्रममा, मन्त्री पौडेलले राष्ट्रसङ्घका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभाना सँग भएको भेटमा डिजिटल प्रणालीमा रुपान्तरण गर्दा आउन सक्ने प्राविधिक चुनौती बारे जानकारी गराउँदै राष्ट्रसङ्घीय निकायबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउनु भयो।

    कार्यक्रममा सहभागी मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले नेपालको प्रयासलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरूले सकारात्मक रूपमा लिएको बताउनु भयो। उहाँले यसबाट उत्साहित भएर मन्त्रालयले छिट्टै नयाँ जनसङ्ख्या नीति ल्याउने तयारी गरिरहेको र त्यसमा डिजिटल प्रणालीको महत्त्वपूर्ण भूमिका रहने जानकारी दिनु भयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend