काठमाडौंः महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहीबार ठूलो पानी परेपछि विनय खोलामा बाढी आउने जोखिम बढेको भन्दै प्रहरीले यातायात सञ्चालनमा रोक लगाएको हो।
बिहीबार साँझ ७ बजे देखि सवारी साधन सञ्चालनमा रोक लगाएको प्रहरीले जनाएको छ। मौसम र सडकको अवस्था हेरेर मात्र सडक सञ्चालन हुने प्रहरीको भनाइ छ। लामो समय देखि अवरुद्ध र जोखिमपूर्ण मानिएको उक्त सडकमा रोकिएका सवारी साधन मंगलबार देखि बिहीबार साँझ सम्म वारपार गरेका थिए।
यसअघि सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकमा साँझ ७ बजे देखि बिहान ५ बजे सम्म मालबाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। यो सडक करिब दुई साता देखि अवरुद्ध छ।
गत पुस २६ गते दुम्कीवास स्थित विनयी खोलामा रहेको फलामे पुल भाँचिए पछि बनेको डाइभर्सन सामान्य वर्षाले बाढी आएपछि प्रहयोग बिहीन बन्दै आएको छ।




.gif)





