images

२०८३ आश्विन १९ गते

images
images
images

रानीमहलको स्वरूप पुरानै अवस्थामा फर्काइ संरक्षण गर्ने

रानीमहलको स्वरूप पुरानै अवस्थामा फर्काइ संरक्षण गर्ने

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौंः पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरूपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरु योजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो।

    images
    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रानीमहल दुर्लभ मध्येको एउटा महत्वपूर्ण ठाउँ रहेको उल्लेख गर्दै पुरानो शैली र आकार सँग सम्बन्धित सामग्रीहरू संकलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिए। उनले ऐतिहासिक र पुरातात्त्विक महत्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माणका अरू कार्यलाई अघि बढाउन जोड दिए।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले दीर्घकालीन व्यवस्थित योजनाका साथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए। प्रतिनिधिसभाका सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए। सांसद नारायण आचार्यले रानीमहललाई व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न जरुरी रहेको धारणा व्यक्त गरे। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend