काठमाडौँः नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध यातायात पुनः सञ्चालनमा आएको छ। इच्छाकामना–६ स्थित तुइनभीरमा अड्किएको जोखिम पूर्ण ढुङ्गा पन्छाए पछि सडक दुईतर्फी रूपमा खुलेको हो।
सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार, सम्भावित दुर्घटना रोक्न आज बिहान ११ः०० बजे देखि सडक बन्द गरिएको थियो। कार्यालयले लामो बुम भएको स्काभेटर प्रयोग गरी भीरमा अड्किएको ढुङ्गालाई सुरक्षित रूपमा खसालेको हो।
काम सम्पन्न गर्न निर्धारित समय भन्दा केही बढी लागेकाले दिउँसो ३ः०० बजेसम्म सडक बन्द गरिएको थियो।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले ढुङ्गा हटाउने काम सकिए सँगै अहिले सडकमा यातायात नियमित र सहज रूपमा चलिरहेको जानकारी दिनुभयो।




.gif)





