images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय सभाको बैठक आज बस्दै,के छन्...

राष्ट्रिय सभाको बैठक आज बस्दै,के छन् कार्यसूची?

राष्ट्रिय सभाको बैठक आज बस्दै,के छन् कार्यसूची?

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौंः संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ः०० बजे बस्दैछ। यस बैठकमा महत्वपूर्ण कार्यसूचीहरू माथि छलफल हुनेछ।

    images
    images

    बैठकमा जग प्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछन्।

    राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।

    images
    images

    त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम विनियोजन विधेयक, २०८२ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    आजको बैठकमा विशेषगरी विनियोजन विधेयक र खानेपानीको विषयमा छलफल हुने भएकाले यसलाई चासोका साथ पनि हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend