images

२०८३ आश्विन १८ गते

images
images
images

एसइई परीक्षाको नतिजा एक साता

एसइई परीक्षाको नतिजा एक साता

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौँः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साता भित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ।

    images
    images

    परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

    यसअघि असार ६ गते भित्र  नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो। तर गत चैत २० गते देखि वैशाख १७ गते सम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    images
    images

    गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend