images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभामा खर्च कटौतीका २३ वटा प्रस्तावलाई...

प्रतिनिधिसभामा खर्च कटौतीका २३ वटा प्रस्तावलाई बहुमतले अस्वीकृत

प्रतिनिधिसभामा खर्च कटौतीका २३ वटा प्रस्तावलाई बहुमतले अस्वीकृत

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः मंगलबार बसेको प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको बजेट माथि प्रस्तुत भएका खर्च कटौतीका २३ वटा प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा विभिन्न सांसदहरूले प्रस्तुत गर्नुभएका ती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकार गरेको हो।

    images
    images

    सरकारका विभिन्न मन्त्रालयहरूको खर्च रकम घटाउन माग गर्दै सांसदहरूले यी प्रस्तावहरू दर्ता गराउनुभएको थियो। खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरूमा अमरेश कुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्र बहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हित बहादुर तामाङ, अम्मर बहादुर थापा, छिरिङ ल्यामु लामा (तामाङ), गङ्गा कार्की र लेखनाथ दाहाल रहनु भएको थियो।

    संसदीय अभ्यासमा खर्च कटौतीका प्रस्तावहरूलाई सरकारको नीति र बजेट प्रतिको असहमति वा सांकेतिक विरोधका रूपमा लिइन्छ। यी प्रस्तावहरू अस्वीकृत भए सँगै सरकारलाई विनियोजन विधेयक, २०८२ पारित गर्नका लागि बाटो खुलेको थियो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend