images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • शिवम् सिमेन्टको नाफामा ५७.९३%ले गिरावट ,अन्य...

शिवम् सिमेन्टको नाफामा ५७.९३%ले गिरावट ,अन्य सुचक कस्ता ?

शिवम् सिमेन्टको नाफामा ५७.९३%ले गिरावट ,अन्य सुचक कस्ता ?

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रुपमा घटेको छ। यस अवधिमा कम्पनीले आम्दानी बढाउन नसक्दा खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ ।

    images
    images

    कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो ।

    समिक्षा अवधिमा कम्पनीको अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँबराबरको रहेको अन्य आम्दानी ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ ।

    images
    images

    यस अवधिमा कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९९ करोड ८१ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले गत आवसम्म ९५ करोड ६३ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।

    ५ अर्ब २ करोड ७० लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीले अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँको व्यवस्था गरेको छ ।

    यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २३७.८९ रुपैयाँ र तरलता अनुपात १.५६ गुणा कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend