images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • १४६ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको...

१४६ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, अन्य सूचक कस्तो ?

१४६ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा, अन्य सूचक कस्तो ?

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले ३९ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्षको बार्षिक वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा अर्थात २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा सूर्यज्योति लाइफले ३९ करोड ६५ लाख खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा १४६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११ लाख नाफा गरेको थियो । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा बृद्धि देखिएको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा २७ करोड २९ लाख थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार १८.८५ प्रतिशतले बढेको हो ।

    images
    images

    यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ३६ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

    यता, ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा २९ प्रतिशतले बृद्धि भएको हो ।

    एक बर्षको अवधीमा कम्पनीले ९ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा २७ प्रतिशतले बृद्धि भएको हो ।

    यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ८७ करोड ३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आथिृक वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ७६ करोड २० लाख रुपैयाँ खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend