images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि...

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले असार २५ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    images
    images

    इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ।

    images
    images

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।

    इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

    हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend