images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • अविरल वर्षाले नारायणघाट–बुटवल सडक बन्द, यात्रुहरूलाई...

अविरल वर्षाले नारायणघाट–बुटवल सडक बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग रोज्न सूचित

अविरल वर्षाले नारायणघाट–बुटवल सडक बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग रोज्न सूचित

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौँः निरन्तरको वर्षाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल खण्डमा राति देखि पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।

    images
    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताए। त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ। यस खण्डमा यातायात आवागमनमा सहजता नभए सम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गरेका छन्।

    पूर्वबाट पश्चिम तर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उनले आग्रह गरेका छन्। त्यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गरे। त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा्) सडक प्रयोग गर्न सकिने उनको भनाइ छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend