काठमाडौँः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबासमा सडक एकतर्फी खुले पनि बुधबार देखि गाडीको लामो जाम छ ।
मंगलबार राति विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।
बुधबार बेलुकी डाइभर्सन बनाएर सडक एकतर्फी खुले पनि बाटो चिप्लो भएका कारण गाडीहरु विस्तारै गुडिरहेका र लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
खोलाको बेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ । त्यहाँ बनाइएको डाइभर्सन ६ पटक बगाइ सकेको छ ।
यस्तै बाटो चिप्लो र हिलो भएका कारण गाडीहरु फस्दा पनि समस्या हुने गरेको छ ।




.gif)





