images

२०८३ आश्विन १९ गते

images
images
images

संस्कृति संरक्षणको दिशामा बागलुङको पहल, लोकभजन पुनर्जीवन

संस्कृति संरक्षणको दिशामा बागलुङको पहल, लोकभजन पुनर्जीवन

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौँः असार ३, बागलुङमा लोपोन्मुख लोकभजनको संरक्षण र पुनर्जीवन प्रयास कुनै समय पूजा आजामा मात्र सीमित र पुस्तान्तरणको अभावमा लोप हुने अवस्थामा पुगेको बागलुङको मौलिक लोकभजन र चुट्काले पुनर्जीवन पाएको छ। स्थानीय युवा तथा भजन प्रेमीहरूको संगठित प्रयासमा यो परम्परागत संस्कृति संरक्षण र प्रवर्द्धनको अभियानले गति लिएको हो।

    images
    images

    वि।सं। २०७४ अघि जिल्लामा औपचारिक भजन समूहहरू नहुँदा यो कला नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको थिएन। तर, अहिले जिल्लाभर ४७ वटा भजन समूह गठन भई सक्रिय छन्। वि।सं। २०७८ मा जिल्ला स्तरीय लोकभजन चुट्का समिति गठन भएपछि भजन संरक्षणका गतिविधिले तीव्रता पाएको समितिका अध्यक्ष टेकबहादुर केसीले बताउनु भयो।

    उहाँका अनुसार, समिति मार्फत विभिन्न मठ मन्दिरमा भजन समूह गठन गर्ने, वाद्यवादनका सामग्री जुटाउने, अनुभव आदानप्रदान गर्ने र भजन प्रतियोगिता आयोजना गर्ने जस्ता कामहरू भइरहेका छन्। केसीले भन्नु भयो, “सनातन हिन्दूधर्म र पूर्वीय दर्शनमा आधारित हाम्रो यो मौलिक संस्कृतिलाई संस्थागत गरेर नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो मुख्य लक्ष्य हो। यसका लागि युवाहरू निकै सक्रिय छन्।”

    images
    images

    लोकभजन पुस्तान्तरणका लागि प्रशिक्षण कार्यक्रमलाई पनि जोड दिइएको छ। वि।सं। २०७६ मा कालिका भगवती गुठीले १५ दिने भजन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो भने स्थानीय तहहरूले पनि मादल बजाउने जस्ता तालिमहरू प्रदान गरिरहेका छन्।

    यी प्रयासहरूका कारण अहिले जिल्लाका मठमन्दिर, चौरासी पूजा र व्रतबन्ध जस्ता धार्मिक कार्यहरूमा भजन समूहको सक्रियता बढेको छ। कालिका मन्दिर भजन समूहले नियमित रूपमा बिहान भजन र साँझमा आरती गर्दै आएको छ। अगुवा भजनकर्ता दुर्गाबहादुर आचार्यका अनुसार, विभिन्न दाताहरूको सहयोगमा करिब पाँच लाख रुपैयाँ बराबरको ध्वनियन्त्र र वाद्यवादनका सामग्रीहरू सङ्कलन गरिएको छ।

    पछिल्लो समय यहाँका लोकभजन र चुट्काले धार्मिक पर्यटकहरूलाई समेत आकर्षित गर्न थालेको छ, जसले यसको सांस्कृतिक मात्र नभई पर्यटकीय महत्त्व पनि बढाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend