images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • यस वर्ष मनसुनबाट १९ लाखभन्दा बढी...

यस वर्ष मनसुनबाट १९ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान

यस वर्ष मनसुनबाट १९ लाखभन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं- यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। विभागका अनुसार हाल कोशी प्रदेशबाट प्रारम्भ भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै लुम्बिनी प्रदेशसम्म पुगिसकेको छ।मनसुनजन्य सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ।

    images
    images

    प्राधिकरणका अनुसार मनसुन अवधिमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता विपद्का कारण देशभर करिब १९ लाख ९७ हजार बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। उक्त कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई सम्प्रेषण गरिएको छ।प्राधिकरणले सरदरभन्दा बढी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै केन्द्रदेखि स्थानीय तहसम्मका निकायलाई समयमै तयारीमा जुट्न र मनसुनजन्य विपद् न्यूनीकरण तथा प्रतिकार्यमा गम्भीर भएर जिम्मेवारी वहन गर्न आग्रह गरेको छ।

    मनसुन प्रारम्भ भएपछिको ३०, ६०, ९० दिन र बहिर्गमनपछि समेत कार्ययोजनाको प्रभावकारिता मूल्यांकन र समग्र लेखाजोखा गरिने प्राधिकरणले स्पष्ट पारेको छ।साथै, बाढी, डुबान, चट्याङलगायत आपतकालीन अवस्थाको पूर्वसूचना र चेतावनीप्रति सतर्क रहन र सरकारी निकायहरूले जारी गर्ने आधिकारिक जानकारीको पालना गर्न सबै नागरिकलाई अपिल गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend