images

२०८३ आश्विन १८ गते

images
images
images

स्थानीय बासिन्दाले श्रमदान गरेर बनाए काठेपुल

स्थानीय बासिन्दाले श्रमदान गरेर बनाए काठेपुल

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • ताप्लेजुङः १ असार, मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियान मार्फत काठेपुल निर्माण थालिएको छ ।

    images
    images

    मैवाखोला,४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

    images
    images

    पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदान मार्फत जुटाइने उहाँले बताउनुभयो । वनेमका अनुसार माङमाया खोलामा रु एक लाख ५० हजार बराबरको श्रमदान मार्फत अस्थायी मोटरेवल पुल निर्माण भइरहेको छ ।

    वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको अध्यक्ष वनेमले उल्लेख गर्नुभयो । सवारी साधान सहित पैदल यात्री सहज रूपमा आउजाउ गर्न मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

    काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक, टोल विकास संस्था, युवा लगायत सहभागी भएर पालिकाले विगत देखि श्रमदान अभियान सञ्चालन गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend