images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • न गर्मी घट्यो, न कक्षा चल्यो,...

न गर्मी घट्यो, न कक्षा चल्यो, वीरगञ्जका विद्यालय फेरि बन्द

न गर्मी घट्यो, न कक्षा चल्यो, वीरगञ्जका विद्यालय फेरि बन्द

images
images
शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • वीरगञ्जः वीरगञ्ज महानगरपालिकाले अत्यधिक बढेको गर्मी नघटेपछि पुनः छ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images

    महानगरले यस अघि यही जेठ २९ र ३० गते दुई दिन गर्मी बिदा दिने निर्णय गरेको थियो । सो बिदा सकिए पनि यहाँको तापक्रम नघटेपछि आगामी असार १ देखि ६ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको हो । 

    वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिन देखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्न असार १ देखि ६ गते सम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको बताएका छन। “वर्षे सट्टे बिदाबाट मिलान हुने गरी सो बिदा दिइएको हो”, उनले भनेका छन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend