images

२०८३ आश्विन १८ गते

images
images
images

निर्माणाधीन बेलिब्रिज भाँचिँदा मानवीय क्षति

निर्माणाधीन बेलिब्रिज भाँचिँदा मानवीय क्षति

images
images
शनिवार, जेठ ३१ २०८२
शनिवार, जेठ ३१ २०८२
  • पाँचथरः मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ कामदार घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    images
    images

    आज साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिका तर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले बताएका छन। 

    उनका अनुसार दुर्घटनामा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन् भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन्। 

    images
    images

    घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले बताएका छन। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend