images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो,...

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका-१ राँकागाउँ नजिकै सुख्खा पहिरो जाँदा दिउँसोदेखि सवारीसाधन चल्न सकेका छैनन्। दिउँसो सवा २ बजेतिर पहिरो खसेको हो ।  पहिरोका कारण सयभन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरु पैदल हिँडेर गन्तव्यमा पुग्नु पर्ने अवस्था आएको पहिरो गएको स्थानबाट पत्रकार नेत्रबहादुर शाहीले बताए । उनका अनुसार एक्कासी सुख्खा पहिरो झरेको हो । २० देखि २५ मिटर लामो पहिरो खसेको छ । उनले भने, ‘पहिरो पन्छाउन काम अहिलेसम्म भइरहेको छ। स्थानीय प्रहरी प्रशासन र तातोपानी गाउँपालिकाबाट बाटो खुलाउन समन्वय भइसकेको छ ।’

    images
    images

    कनकासुन्दरी गाउँपालिका-१ का यात्रु भिमबहादुर भण्डारीले छिटोभन्दा छिटो पहिरो हटाएर राजमार्ग खोल्न आग्रह गरेका छन्।ठुल्ठुला चट्टान खसेकोले सडक खुलाउन अझै समय लाग्ने देखिन्छ। पहिरोले मानवीय क्षति भएको छैन । तर यातायात सेवा ठप्प भएकोले जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पहिरो गएको स्थानमा नजिकैका प्रहरी चौकीबाट टोली परिचालन गरिएको छ ।  

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहित रसाइलीको टोली खटिएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले बताए । उनका अनुसार सडक खुलाउन डोजरले निरन्तर काम गरिरहेको छ । सुर्खेत नेपालगन्जदेखि जुम्ला र जुम्लादेखि सुर्खेत, नेपालगन्ज जाने यात्रुहरु मर्कामा छन् । छोटो दुरीका सवारीसाधनहरु रोकिएको स्थानीयहरु बताउँछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend