काठमाडौँ। यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०र८१ मा रु छ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्ष यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए ।यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट रु दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमति पत्र र सवारी दर्ता किताब नवीकरणबापत रु एक करोड ४६ लाख ३८ हजार तीन सय १५ सङ्कलन भएको छ ।सवारीसाधन करबाट रु चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको छ ।
जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । कार्यालयले गत आवको चैत मसान्तको दिनमा रु ७० लाख राजस्व सङ्कलनगरेको थियो।
विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो ।यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।




.gif)





