images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा...

पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा

पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । यतिबेला काठमाडौं उपत्यकाका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी, मधेश, बागमती, गण्डकीका केही भू—भाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    मौसमविद्हरुका अनुसार पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय अझै एक/दुई घन्टा पानी पर्ने महाशाखाले जनाएको छ । साढे ११ बजेसम्म काठमाडौंमा चार मिलिमिटर वर्षा भएको जनाइएको छ ।मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैं सक्रिय नहुने उनीहरुको भनाई छ ।

    जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैं सक्रिय नहुने प्रतिक्रिया दिइन् । ‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । तर, मुलुकको मध्य र पश्चिम एवम सुदूरपश्चिमतिर मनसुन सक्रिय हुनेक्रममा छ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend