काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष उल्लेख्य प्रगति गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ।
आर्थिक बर्ष २०८०/८१ मा नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड अर्थात करिब ३१ प्रतिशतले बढाएर ५१ करोड ३९ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ३९ करोड २९ लाख खुद मुनाफा गरेको थियो।
गत आर्थिक वर्ष नेपाल लाइफको खुद पिरिमियम करिब १० प्रतिशतले बढेर ४० अर्ब ११ करोड पुगेको छ। ८ अर्ब २ करोड चुक्तापुंजी रहेको नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ९८ अर्ब रहेको छ। त्यस्तै रिटेंन अर्निंग ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ भने प्रकोप रिजर्भमा १ अर्ब ९ करोड रहेको छ।
गत आर्थिक वर्ष नेपाल लाइफले दाबी बापत ४९ अर्ब ४६ करोड भुक्तानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो। यस अवधिमा नेपाल लाइफको प्रति शेयर आम्दानी ६ रुपैयाँ २६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ। त्यस्तै मुल्य आम्दानीको अनुपात ९८ दशमलब ८८ गुणा रहेको छ।




.gif)





