images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • दोलखामा सुन व्यवसायी पसल बन्द गरेर...

दोलखामा सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

दोलखामा सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • दोलखा– सरकारले नयाँ बजेटमा सुन कारोबारमा थप दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर तोकेपछि दोलखाका सुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।जिल्लाभर सञ्चालनमा रहेका करिब चार दर्जन सुनचाँदी पसल बिहीबार बिहानैदेखि बन्द गरिएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह-कोषाध्यक्ष दीपक धनुकले बताए ।

    images
    images

    सुन व्यवसायीले बुधबार जिल्ला प्रशासन कार्यालयलाई कर हटाउनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएर बिहीबारदेखि दबाब स्वरुप व्यवसाय बन्द गरेको उनको भनाइ छ ।बिहानैदेखि पसल बन्द गरेर आन्दोलनमा रहेका मैनापोखरीका सुन व्यवसायी चक्र घतानीले राज्यले नेपाली सुन व्यवसायीको मर्म विपरीत छिमेकी राष्ट्र भारतमा हुने अवैध सुन कारोबारलाई प्रोत्साहन गर्न खोजेको बताए ।छिमेकी देश भारतमा नेपाली बजारको भन्दा ८ हजार सस्तोमा पैठारी सुन कारोबार हुँदा नेपाली बजारमा सुन कारोबार हुन नसकेको समयमा सरकारले प्रष्ट नीति र नियमावली निर्माण गर्नुको साटो विलासिता कर वृद्धि गरेर सुनको कारोबार रोक्न खोजेको बताए ।

    व्यवसायीहरूले तत्काल वृद्धि गर्ने भनिएको दुई प्रतिशत विलासिता कर, १३ प्रतिशत हिरा पत्थर कर फिर्ता लिन माग गर्दै सुनचाँदीको कारोबारका लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने सुनचाँदी व्यवसायी संघ जिल्ला शाखा दोलखाका अध्यक्ष अनिल रिजालले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend