images

२०८३ आश्विन १९ गते

images
images
images

निरज राज सुवेदीद्वारा लिखित कथा “मौन स्विकृति”

निरज राज सुवेदीद्वारा लिखित कथा “मौन स्विकृति”

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौंः घडिको सुईले रातको बाह्र नघाई सकेकोछ । म ओछ्यानमा पल्टिएकीछु । म भित्र वग्रेल्ती कुराहरुको भेल उर्लिएको छ । कहिले दायाँ कोल्टे फेर्छु । कहिले बायाँ कोल्टे फेर्छु । तै पनि मनमा शान्ति छैन । 
    आज अचानक यस्तो छटपटी किन ? यो तनमा यति तिर्व प्यास किन ?

    images
    images

    शरीरको तापक्रम वढ्दो छ । गर्मिको आभास भईरहेको छ । शरीरमा हाफ भेस्ट र क्वाटर टाईपको पातलो निलो रङ्गको सुरुवाल छ । गर्मिले शरीर तातेको छ । शरीरमा भएको यहि कपडा पनि खोलेर फालौ जस्तो लाग्दैछ । म जुरुक्क उठ्छु । झ्यालको पर्दा हटाउँछु । झ्याल बाहिरको दृश्य प्रष्ट देखीयो । जुनेली रातछ । जुनको उज्यालो सडकभरी छरिएको छ । घर अगाडिको कालोपत्रे सडक शुन्य छ । सडक एक्लो छ । नितान्त एक्लो । यो सडक हरेक रात यसरीनै एक्लो हुन्छ । जसरी म एक्लीछु । छेउकै झ्यालको खापा खोलीदिन्छु । सरर्र शितल बतास कोठा भित्र प्रवेश गर्न थाल्छ । यी शितल बतास यसरी कोठा भित्र प्रवेश गर्दैछन् कि मानौ निक्कै लामो समय देखी प्रवेशको प्रतिक्षामा झ्याल बाहिर छटपटिदै बसिरहेको होस । जसरी म उसको मन भित्र प्रवेश गर्न छटपटि रहेकीछु । हो १ सदा सदाको लागि मलाई उसको मनको सिंहासनमा बस्ने ईच्छा छ । जीवनका हरेक पल उसको न्यानो अँगालोमा बिताउने ईच्छा छ । तर विडम्वना,सबै ईच्छाहरु म भित्रै गुम्सिएर बसेकाछन् । आफ्ना ईच्छाहरु उसको सामुन्ने व्यक्त गर्न सकिरहेकी छैन । व्यक्त गर्ने साहस जुटीररहेको छैन । साहस जुटाउने प्रयास नगरेकी पनि होईन । पटक पटक प्रयास गरेकी छु । तर मेरा हरेक प्रयासहरु असफलनै भईरहे । फेरी पनि उ प्रतिको आशा मरेको छैन । मलाई थाहा छ, सच्चा मनले गरेको चाहना एकदिन अवश्य पुरा हुन्छ । 

    मलाई उ असाध्यै मन पर्छ । उसको उज्यालो अनुहारले लोभ्याउँ छ । उसको मिठो मुस्कानले मोहित बनाउँछ । उसको हेराईमा अनौठो आर्कषण छ । जब–जब उ मेरो सामुन्ने पर्छ, तब–तब म लाजले भुतुक्क हुन्छु । शरीरमा अनायासै काउकुती लागेको आभास हुन्छ । मन चञ्चल हुन्छ । मलाई यस्तो लाग्छ कि, दौडिएर जाउँ र जीवनभर नछुट्टिने गरी उसलाई आफ्नो अँगालोमा कसौं । फेरी तुरुन्तै म संभालिन्छु । होसमा आए झै हुन्छु । अनि उसको ईशाराको पर्खाईमा बस्छु । मलाई आशा छ, एकदिन उसले आफ्ना दुवै हात फैलाएर मिठो मुस्कानका साथ मलाई आफ्नो अँगालोमा बोलाउनेछ । म दौडिएर जानेछु । उसका वलिया पाखुराले अँगालोमा बेर्नेछ । मेरो अधर सँग उसको अधरको स्पर्श हुनेछ । मायाको वर्षात हुनेछ । प्रेमको मिठो सुवास फैलनेछ । सुस्त–सुस्त म उसको लागि खुल्दै जानेछु । हामी दुबै एकअर्कामा सर्मपित हुनेछौ । जुनेली रात हुनेछ । दुवैलाई एकअर्काको साथ हुनेछ । मिठा–मिठा बात हुनेछ । वासनाको मन्द ताप हुनेछ । तिर्खाएका दुई आत्माको सुखद यात्रा हुनेछ ।अचानक नजिकै कतै कुकुर भुकेको आवाजले मलाई कल्पनाको संसार बाट तानेर वर्तमानमा ल्यायो । झसङ्ग भएँ । होसमा आएँ । फेरी उहि शुन्यता । फेरी उहि एक्लोपन । 

    images
    images

    छ्या १ म पनि कस्ता–कस्ता कुराहरुको कल्पना गरिरहेकी होली । त्यो पनि एउटी नारी भएर । तर, एउटी नारीले त्यस्ता कल्पनाहरु किन गर्न नपाउने ? त्यस्ता सपनाहरु किन देख्न नपाउने ? त्यस्ता कल्पनाहरु गर्न पाउँदैन, त्यस्ता सपनाहरु देख्न पाउँदैन भनेर कुन कानुनमा लेखीएको छ र ? जब एउटा पुरुषले नारीको पिंडुला, तिघ्रा, कम्मर, छाति, गाला, ओठ हेरेर आफुखुशी कल्पना गर्न पाउँछ भने, एउटी नारीले पुरुषको टुप्पी देखी पैताला सम्म हेरेर, आफुखुशी सोंच्न किन नपाउने ? आफुखुशी कल्पना गर्न किन नपाउने ?

    के नारीहरु मान्छे होईनन् र ? नारीहरुको मन हुँदैन र ?
    जब एउटा पुरुषले चाहेको समयमा, चाहेको स्थानमा, चाहेको तरीकाले स्वतन्त्र रुपमा आफुलाई प्रस्तुत गर्न पाउँछ भने नारीले चाहेको समयमा, चाहेको स्थानमा, चाहेको तरीकाले स्वतन्त्र रुपमा प्रस्तुत गर्न किन नपाउने ? नारी भएकै कारण त्यस्ताकुराहरु बाट किन वञ्चित हुनुपर्ने ? कसैलाई मन पराउनु अपराध होईन । मन पराउनुस्वतन्त्रता हो । अधिकार हो । मेरो मनले पनि कसैलाई मन पराउन सक्छ । आखिर मन को अगाडि कसको नै जोर चलेको छ र ? यहि मनकै कारण याहाँ कस्ता कस्ता मै हुँ भन्नेहरुको समेत पाईला डगमगाएको छ ।अनि, म तुच्छ एक मनुवाको के नै जोर चल्छ र ? मेरो पनि मन नै हो । मेरो मनले पनि कैलाई मन पराएको छ । 

    हो १ म सुरज लाई मन पराउँछु । तर उसले मलाई मन पराउँछ, पराउँदैन थाहा छैन । 
    यो मन पनि वडो अचम्मको छ भन्या । कति सजिलै अरुलाई मन पराई दिन्छ । मन परेको मान्छेको तस्विर आफ्नो दिलमा सजाई दिन्छ । चाहे त्यो धनि होस, गरिव होस । चाहे त्यो कालो होस, गोरो होस । चाहे त्यो सानो होस, ठुलो होस । चाहे त्यो विवाहित होस, अविवाहित होस । तर सुरज पक्कै पनि अविवाहित नै हो । किनकी उसकोमा मैले आजसम्म पनि कुनै महिलालाई देखेकी छैन । कपडाहरु समेत सुरज आफैले धोएर सुकाउने गरेकको देखेकी छु । त्यसैले उ अविवाहित नै हो । तर म के हुँ ? विवाहित या अविवाहित ? मलाई यो प्रश्नले पटक–पटक सताउने गर्छ । पटक–पटक यो प्रश्नले मलाई लखेटी रहन्छ । म विवाहित कि अविवाहित ?
    म के हुँ ? 

    म एउटा शुन्दर फुल, कोमल अनि वैंशले चटक्क फुलेकी फुल जो पूर्ण रुपमा फर्कन नपाउँदै कसैको मया जालमा परेर आफुलाई उसमा समर्पित गर्यो । तर सत्य त यो हो कि, म मयाजालमा परेकी होईन । पर्न बाध्य पारीएको हो । नत्र सजिलै उसको मायाजालमा परीहाल्ने खालको मान्छे त काहाँ थियो र उ । रुपरङ्ग पनि त सजिलै माया जालमा पारी हाल्ने खालको थिएन विक्रमको । 

    हो १ विक्रमक हो उसको नाम । उमेरले म भन्दा एघार वर्षले जेठो थियो उ । त्यस्तोमा पनि म कसरी परे उसको मायाजालमा । समयले मलाई तानेर अतितको दैलोमा पुर्यायो । पूराना ती अतितहरु बिस्तारै ताजा हुँदै आयो । 
    यौवन अङ्कुरीत भईसकेको थियो । जवानीको रङ्ग चढि सकेको थियो । शरीरका अङ्गहरुले आफ्नो आकार परिवर्तन गरी सकेको थियो । केहि समय अघि सम्म समथर मैदान झै छाति हिमाली चुचुराझै उठिसकको थियो । गालामा लाली चढि सकेको थियो । अधरभरी गुलावी रङ्ग पोतिई सकेको थियो । दर्पण प्यारो लाग्न थालेको थियो । घरी–घरी आफुलाई दर्पणको सामुन्ने उभ्याउँथे । आफुलाई नियाल्थे । अनि आफु देखी आफै लजाउँथे । आफ्नै शरीरका अङ्गहरुले आपैmलाई लोभ्याउँथ्यो । जति हेरे पनि हेरीरहुँ झै लागिरहन्थ्यो । बिस्तारै बिस्तारै प्रशंसाको भोक वढ्दै गयो । त्यो वेलामा मेरो शुन्दरताको सबैभन्दा ठूलो प्रशंसक विक्रमनै थियो । विक्रम मेरो दाईको मित्र । दाईको मित्र भएपनि दाई भन्दा जेठोनै थियो । उ अक्सकर विदाको दिन पारेर दाई लाई भेट्न घर आउने जाने गर्दथ्यो । दाईको कोठामा अवेर सम्म बस्थ्यो । कहिले दाई सँग कुराकानी गरिहेको सुनिन्थ्यो । कहिले नेपाली आधुनिक गितहरु सुन्नमा व्यस्त हुन्थ्यो । उनीहरुलाई चिया खाजा बनाएर दिने जिम्मेवारी मेरो हुन्थ्यो । दाईको कोठामा वज्ने गितहरु मलाई पनि खुबै मन पथ्र्यो । त्यो कोठामा जुन जुन गित वज्थ्यो ? म त्यहि त्यहि गित गुनगुनाउँदै चियाखाजा बनाएर दाईको कोठामा पुर्याउँथे । त्यसरी चिया खाजा पुर्याए वापत मैले विक्रम बाट मिठा–मिठा र महङ्गा–महङ्गा चकलेटहरु उपहार पाउँथे । तिथि मितिको कुरा गर्ने हो भने यस्तै २०४२–४३ सालतिर होला । जतिवेला मेरो उमेरले अठारौं बसन्तको यात्रा गर्दै थियो । सुन्तले चकलेटमा रमाउने त्यो उमेरमा सुका मोहर माथिको चकलेट उपहार पाउनु मेरो लागि चानचुने कुरा थिएन । त्यसैले त म हरेक विदाको दिन चकलेटको प्रतिक्षामा हुन्थे । विक्रम लाई आँगनमा देख्ना साथ चियाखाजा बनाएर दिनै हतार हुन्थ्यो । पछि पछि आफ्नो ताल देखेर आपैmलाई लाज लागेर आउन थाल्यो । फेरी पनि चियाखाजा बनाएर दिने काम जारी नै थियो । तर उपहार लिन भने साह्रै अप्ठेरो लाग्न थालेको थियो । विदाको दिन मात्र घरमा आउने विक्रम अरु दिन पनि आउन थाल्यो । यहि वाहाना उसले मलाई आफ्नो मोटर साईकलमा मेरो स्कुल सम्म पुर्याउने, ल्याउने गर्न थाल्यो । तर उसले मलाई घरको ढोकै सम्म कहिल्यै पुर्याएन । चार पाँच घर वरै पुर्याएर फर्कन्थ्यो । यो क्रम निरन्तर चल्दै गयो । दिन, हप्ता, महिना हुँदै वर्ष नाघ्यो । पहिले पहिले बाध्यता झै लागे पनि पछि पछि उसकै मोटर साईकलमा आउने जाने बानि पर्दै गयो मलाई । घर देखी स्कुल, स्कुल देखी घर सम्मको सिमा फराकिलो हुँदै गयो । विक्रमले अन्त–अन्त घुम्नजाने प्रस्ताव राख्न थाल्यो । घुम्न पाउने लोभमा म पनि विक्रमको प्रस्तावलाई सजिलै स्विकार्न थाले ।यहि क्रममा एकदिन विक्रमले मलाई चोभार पुर्यायो । म चोभारको डाँडामा बसेर प्रकृती लाई नियाली रहेकी थिएँ । विक्रम भने नजिकै बसेर मलाई नियाली रहेको थियो । केहि बेरमै उ बिस्तारै सरेर म सँग टाँस्सिएर बस्यो । त्यसरी टाँस्सिएको मलाई पटक्कै मन परेन । मन नपरे पनि मैले कुनै विरोध गरिन । चुपचाप प्रकृति लाईनै नियाली रहें । बिस्तारै उसले मलाई अँगालो हाल्यो । अचानक कुनै गह्रुङ्गो वस्तुले थिचेको अनुभव भयो । मैले कुनै प्रतिकृया जनाईन । मौन रहिरहें । मेरो मौनता लाई उसले मेरो स्विकृति ठानेछ क्यारे । त्यसैले उसले आफ्नो हात मेरो काँध बाट झारेर कम्मरमा पुर्यायो । बिस्तारै उसले मेरो गालामा किस गर्यो । त्यसरी अँगालो हालेरकुनै पुरुषले मेरो गालामा किस गरेको पहिलो अनुभव थियो । मलाई डर लाग्यो । मैले आफ्नो कम्मर बाट उसको हात हटाएँ । अनि अब जानुपर्छ भन्दै जुरुक्क उठे । तर विक्रमले भने अझै रोक्ने प्रयास गर्दै थियो । मैले मान्र्दै मानिन् । उसको केहि चलेन । हामी फर्कियौ । 

    एस.एल.सि.को रिजल्ट आउने दिन थियो । टेन्सनले अनिदोमै रात बित्यो । रिजल्ट थाहा पाउन त्यो समयमा गोरखापत्रकै बाटो कुर्नु पर्दथ्यो । दाई विहानै उठेर गोरखापत्र लिन गईसक्नु भएको थियो । म दाईकै प्रतिक्षामा थिएँ । जति जति समयको रफ्तार बढ्दै थियो, त्यति त्यतिनै मेरो छटपटी पनि बढ्दै थियो । केही बेरमै घरको ढोकैमा कुनै मोटर साईकल रोकिएको आवाज आयो । मैले हतार हतार बैठक कोठाको झ्याल बाट तन्किएर बाहिर हेंरे । दाई आईपुग्नु भएको रहेछ । दाईको साथमा विक्रम पनि थियो । मैले आफुलाई रोक्न सकिन । कुदेर घरको मूल ढोकामा पुगे । पत्रिका दाईको हातमा थियो । दाई ढोका बाट भित्र पस्न नपाउँदै दाईको हात बाट पत्रिका तानरे लिएँ र कुदेर आफ्नो कोठामा पसे । ओछ्यानमा बसेर आफ्नो सिम्बल नंम्बर खोज्न थालें । दोश्रो श्रेणीमा पास भएकी रहिछु । मेरो खुशीको सिमा रहेन । त्यतिनै बेला कसैले ढोका ढकढकाएको आवाज आयो । मैले ढोका उघारे । ढोकामा विक्रम एकहातमा झोला बोकेर उभिएको थियो । म पास भएको उपलक्ष्यमा उसले बधाई दिंदैथ्यो झोला मलाई दियो र दाईको कोठा तिर लाग्यो । म पनि ढोका ढप्काएँ । अनि वेडमा बसेर झोलाबाट विक्रमको उपहार झिकें । मिठाईको बट्टा रहेछ । बट्टा खोलेर हेरे । यस्तै चौध पन्ध्र वटा जति लड्डु बट्टामा मिलाएर राखिएको थियो । झोलामा एउटा चिठ्ठी पनि रहेछ । मैले झिकेर हेंरे । विक्रमले म पास भएको उपलक्ष्यमा मलाई रेष्टुरेण्ट तिर खुवान लैजाने भनि लेखेको रहेछ । साथीको वर्थ डे मा जाने वाहानामा घर बाट निस्किएँ । विक्रम पर बाटोमा मलाई कुरीरहेको थियो । उसले मलाई एउटा रेष्टुरेण्टमा पु¥यायो । वेटरले हाम्रो सामुन्ने दुई गिलास पानी र मेनु राखेर गयो । विक्रमले मेनु म तिर बढायो । मैले चुपचाप मेनु पल्टाएँ । मेनुमा छापिएका सबै खानेकुराको नाम पढ्न भ्याएँ । मेरो दिमागनै फनफनी घुमेझै भयो । कुन खानेकुरा अर्डर गर्ने, मैले निक्र्यौल नै गर्न सकिरहेकी थिईन । म मेनुमै हेरेर टोलाई रहेकी थिएँ । वेटर अर्डर लिन छेउमै आएर उभिई सकेको थियो ।शायद विक्रमले म मेनुमै अलमलिएको कुरा चाल पाएर होला, उसले मेनु हेर्दै नहेरी खानेकुराको अर्डर टिपायो । म वाल्ल परेर हेरीरहें । केहि वेरमै वेटरले अर्डर गरेका खानेकुरा ल्याएर टेवलमा फिंजाएर गयो । लगत्तै फेरी त्यहि वेटरले एक बोतल वियर र एउटा कोल्ड ड्रिक्स ल्याएर हाम्रो सामुन्ने राखेर गयो । विक्रम आफैले माथि सम्म फिँज आउने गरी गिलासमा वियर झर्यौ । “तपाईले वियर पो लिनु भएको ?” मैले प्रश्न गरे ।

    “हो १ म त वियरनै पिउने गर्छु । फेरी आज त तिम्रो खुशीको दिन । तिम्रो खुशी मेरो खुशी ।” उसले भन्यो । 
    म उसको कुरा सुनेर मुस्काएँ मात्रै । उसले मलाई पनि वियर पिउन ज‘

    लेखक–निरज राज सुवेदी

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend