images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा...

सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह

सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौँ, २८ जेठ : नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष आज ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घले गोरखापत्र, रेडियो नेपाल तथा नेपाल टेलिभिजनजस्ता राष्ट्रिय प्रसारण संस्थामार्फत भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण व्यवस्थाका  लागि पहल गरिदिन आग्रह गरेको हो ।

    images
    images

    महासङ्घका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेसे थुप्तेन जिन्पा)ले विशेषगरी देशका हिमाली र पहाडी क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएको भोट भाषाको संरक्षण र प्रवर्धन गर्ने जिम्मेवारी नेपाल सरकारको रहेको उल्लेख गर्दै मातृभाषाको पक्षमा वकालत गर्नुहुने सञ्चारमन्त्री गुरुङकै कार्यकालमा भोट भाषाले प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो ।  

    महासङ्घले आज बुझाएको ज्ञापनपत्रमा नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक राष्ट्र भएकाले विविधतायुक्त समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्नु राज्यको संवैधानिक दायित्व रहेको उल्लेख छ । यसैगरी भोट भाषा केवल सम्प्रेषणको माध्यम मात्र नभइ शैक्षिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको र बौद्ध धर्मका मूलशास्त्रहरूमा सातौँ शताब्दीतिर नै भोट भाषामा अनुवाद गरिएको ऐतिहासिक तत्थ्यप्रमाणसहितको दस्तावेज फेलापरेको समेत ज्ञापन पत्रमा उल्लेख छ ।

    images
    images

     नेपालमा सञ्चालित गोन्पा शिक्षाको सन्दर्भमा २०६५ सालदेखि पाठ्यक्रम विकास केन्द्रबाट माध्यमिक तहसम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तक भोट भाषामा  तयार गरी गोन्पा तथा सामुदायिक विद्यालयहरूमा पठनपाठन भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend