images

२०८३ आश्विन १९ गते

images
images
images

१० महिनामा प्रदेश सरकारहरूद्वारा १ खर्ब १७ करोड खर्च

१० महिनामा प्रदेश सरकारहरूद्वारा १ खर्ब १७ करोड खर्च

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले एक खर्ब १७ करोड रुपैयाँ बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन एक खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ गरेका छन् ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि ६० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । सशर्त अनुदान २५ अर्ब ८४ करोड रुपैयाँ र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

    images
    images

    प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी एक खर्ब २३ अर्ब १५ करोड रुपैयाँ र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा तीन खर्ब ३६० अर्ब ९८ करोड रुपैयाँ ९प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत० नगद मौज्दात रहेको छ । विसं २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) नौ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व आठ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ र गैर कर राजस्व ९३ अर्ब ४९ करोड रुपैयाँ परिचालन भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामासरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चालु खर्च सात खर्ब ७३ अर्ब २३ करोड रुपैयाँ, पुँजीगत खर्च एक खर्ब २० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च दुई खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । -रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend